काठमाडाैँ । अटोमोबाइल ब्रान्ड एक्सपेंगको आधिकारिक बिक्रेता सिजी मोटर्सले काठमाडौंको थापाथलीस्थित आफ्नो फ्ल्यागसिप शोरूमको औपचारिक उद्घाटन गरेको छ। उद्घाटन कार्यक्रमकै अवसरमा सिजी माेटर्सले एक्सपेंगको जी६ एसयुभीकाे लन्च गरेको हो ।
फ्ल्यागसिप शोरूमको उद्घाटनसँगै लन्च गरिएको जी६ अल्ट्रा स्मार्ट काेप एसयुभी मोडलबाट एक्सपेंगले लिडिङ दी फ्युचर अफ एआई मोबिलिटी ब्रान्ड भिजन राखेको छ।
जी६ मोडललाई विश्वको सबैभन्दा कडा सुरक्षा परीक्षण ई-एनक्यापमा ५ स्टार रेटिंग दिइएको छ। यसका साथै एक्सपेंग जी६ मा स्वचालित ड्राइभिङ प्रविधि, सेपा २.० (SEPA 2.0), ओटिए अपडेट (OTA update), एक्सओएस अपरेटिङ सिस्टम (XOS Operating System) ,र ८०० volt सुपर-फास्ट चार्जिङ प्रणाली समावेश छ।
यसको मोटर पावर र टर्क क्रमशः १९० किलोवाट र ४४० एनएम रहेका छन् । जसमा ६६ किलोवाट हावरको ब्याट्री प्याक उपलब्ध छ जसले ४३५ किलोमिटरको रेन्ज दिन्छ। थप विशेषताहरूमा स्पोर्टी प्रदर्शनका लागि अगाडि र पछाडिको ५०:५० लोड रेशियो, एल्युमिनियम डाई-कास्ट बनावट, र ९-डायमेंशन ब्याट्री सुरक्षा समावेश छ, जसले जी६लाई विशेष बनाउँछ।
एक्सपेंगले अत्याधुनिक एआई -जडित गाडीहरू विश्वभरि ल्याइसकेको छ । हाल विश्वका ३० भन्दा धेरै देशहरुमा एक्सपेंगले आफ्नाे उपस्थिति जनाइसकेकाे छ । एक्सपेंगमा जर्मन अटोमेकर कम्पनी “फोल्क्सवागन ग्रुप” काे समेत लगानी रहेकाे छ । कम्पनीले आफ्नाे इभी सेग्मेन्ट विश्वव्यापी रुपमा पुर्याउने उद्देश्यका साथ एक्सपेंगमा ठूलाे हिस्सामा लगानी रहेकाे कम्पनीले जनाएकाे छ ।
यसै उद्घाटन कार्यक्रममा सिजी माेटर्सले पहिलो चरणका ग्राहकहरूलाई २५ वटा जी६ गाडीहरू हस्तान्तरण पनि गरेको छ। सो कार्यक्रममा चिनियाँ दूतावासका प्रतिनिधिहरू तथा एक्सपेंगका विशिष्ट व्यक्तिहरुकाे उपस्थिति रहेको थियो। एक्सपेंग मोटर्सका उपाध्यक्ष, डा. ब्रायन गू ले उद्घाटन कार्यक्रममा एक्सपेंग ब्रान्डको जानकारी मिडियालाई प्रस्तुत गरे। चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले सिजी मोटर्सका उपलब्धिहरू र आगामी योजनाबारे चर्चा गरे।
शोरूमको सफल उद्घाटन र गाडीहरूको वितरणसँगै एक्सपेंगले सबैलाई नयाँ फ्ल्यागसिप शोरूम भ्रमण गर्न र विद्युतीय सवारीको भविष्यको अनुभव गर्न अनुरोध गरेको छ।
देशभरि २० भन्दा बढी बिक्री तथा सेवा केन्द्रहरू मार्फत उपलब्ध गराइरहेको एक्सपेंग सिजीएमको ब्रान्ड पोर्टफोलियोमा सबैभन्दा नयाँ थपिएको ब्रान्ड हो। सिजीएमले यस वर्षभित्रै ४० वटा स्थानमा सेवा केन्द्रहरु बढाउने र हालकाे २४४ भन्दा बढी स्थानहरूको डीसी फास्ट चार्जिङ नेटवर्कमा २०० अतिरिक्त चार्ज पोइन्टहरू थप्ने लक्ष्य राखेको छ।
प्रतिक्रिया