क्रेस्ट माइक्रो लाइफको बीमाङ्किय मूल्याङ्कन प्रतिवेदन प्राधिकरणबाट स्वीकृत


काठमाडौँ । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको बीमाङ्किय मूल्याङ्कन सम्पन्न भएको छ । साथै नेपाल बीमा प्राधिकरणण्ले कम्पनीको बीमाङ्किय मूल्याङ्कन पनि स्वीकृत गरेको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार आर्थिक बर्ष २०८०\८१ को आर्थिक स्थितिको लेखाजोखा र दायित्वको बीमाङ्किय मूल्याङ्कन भई प्रतिवेदन नियामक निकाय नेपाल बीमा प्राधिकरणबाट कात्तिक २६ गते स्वीकृत भएको हो ।

बीमा कम्पनीको अर्थिक अवस्था कस्तो छ भनि बुझ्ने एक महत्वपूर्ण आधारको रुपमा बीमाङ्किय मूल्याङ्कनलाई लिने गरिन्छ ।

प्रकाशित मिति: २७ कात्तिक २०८१, मंगलबार  ११ : २० बजे