नबिल बैंकले कोरोना नियन्त्रण कोषमा गर्यो सबैभन्दा धेरै रकम सहयोग


गत आर्थिक वर्षमा खर्च नभई बचेको सामाजिक उत्तरदायित्व कोषको रकम कोरोना नियन्त्रणका कोषमा जम्मा गर्ने क्रम तीब्र भएको छ । यसै क्रममा नबिल बैंकले बैंक तथा वित्तीय संस्थाका साथै समग्र व्यवसायिक प्रतिष्ठानबाट अहिलेसम्मको सबैभन्दा धेरै रकम कोषमा जम्मा गरेको छ ।

बैंकले कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचारका लागि खडा गरिएको कोषमा जम्मा हुने गरी ६ करोड रुपैयाँ हस्तान्तरण गरेको छ । 

आइतबार एक कार्यक्रमका बिच बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले ६ करोड रुपैंयाको चेक अर्थमन्त्री डा.युवराज खतिवडालाई हस्तान्तरण गरेका हुन् ।

बैंकको संस्थागत सामाजिक उत्तरदायित्वका सञ्योजक निर्माण चौधरीको उपस्थितिमा सहयोग रकम हस्तान्तरण गरिएको बैंकले जनाएको छ । यो सहयोगबाट कोरोना रोकथाममा सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।