सानिमा बैंक लिमिटेडले गत आर्थिक वर्षको कमाईबाट आफ्ना सेयरधनीलाई वितरण गर्ने भनी प्रस्ताव गरेको लाभांश साधारण सभाबाट पारित गरेको छ । २०८१ मंसिर ४ गते मंगलबारका दिन सम्पन्न बैंकको २० औं वार्षिक साधारण सभाले नियमित प्रस्ताव सहित लाभांश वितरणको प्रस्ताव पारित गरेको हो ।
बैंकले हाल कायम चुक्ता पुँजीको ५.२६३२ प्रतिशत नगद लाभांश (कर सहित) प्रदान गर्ने प्रस्ताव पारित गरेको हो ।
आर्थिक बर्ष २०८०।८१ मा २ अर्ब ४० करोड खुद मुनाफा गरेको सानिमा बैंकको कुल सम्पत्ति २ खर्ब ३३ अर्ब ८६ करोड रुपैयाँ, कुल निक्षेप १ खर्ब ९९ अर्ब ३८ करोड तथा खुद कर्जा सापटी १ खर्ब ६४ अर्ब ९४ करोड रुपैयाँ रहेको छ ।
आर्थिक वर्ष २०७९।८० को तुलनामा निक्षेप, कर्जा सापटी र कुल सम्पत्तिमा क्रमशः ११.४८, १०.०६ र ८.४५ प्रतिशतले बृद्धि भएको बैंकले जनाएको छ ।
प्रतिक्रिया