यो साता तीन कम्पनीको साढे ९१ करोड बढीको प्राथमिक शेयर (आईपीओ) बिक्री खुला हुने भएको छ । लिवर्टी इनर्जीको भदौ ३ तथा समाज लघुवित्त र रिलायन्स लाइफ इन्स्योरेन्सको भदौ ४ गतेदेखि आईपीओ बिक्रीमा आउन लागेको हो।

सर्वसाधारणको लागि लिवर्टी इनर्जीको ३४ करोड रुपैयाँ बराबरको ३४ लाख ७ हजार ४३० कित्ता, समाज लघुवित्तको ८० लाख ७० हजार रुपैयाँ बराबरको ८० हजार ७ सय तथा रिलायन्स लाइफको ५६ करोड ७० लाख रुपैयाँ बराबरको ५६ लाख ७० हजार कित्ता शेयर बिक्रीमा आउन लागेको हो ।
लिवर्टी इनर्जीको आईपीओमा भदौ ३ गतेदेखि छिटोमा ७ गतेसम्म तथा समाज लघुवित्त र रिलायन्स लाइफको भदौ ४ गतेदेखि छिटोमा ८ गतेसम्म आईपीओमा आवेदन गर्न पाउने व्यवस्था रहेको छ ।
लिवर्टी इनर्जी
लिवर्टी इनर्जीले पहिलो चरणमा लमजुङ्गबासीका लागि जारी गर्दा अवितरित आईपीओसहित कुल ३५ करोड ६४ लाख ९३ हजार रुपैयाँ बराबरको ३५ लाख ६४ हजार ९३० कित्ता साधारण शेयर निष्काशन गर्देछ ।
जसमध्ये ४५ हजार कित्ता संस्थाका कर्मचारी र १ लाख १२ हजार ५०० कित्ता शेयर सामूहिक लगानीकोषका लागि छुट्याइएको छ । सर्वसाधारण लगानीकर्तालाई ३४ लाख ७ हजार ४३० कित्ता शेयर बाँडफाँड हुनेछ ।
लिवर्टी इनर्जीको आईपीओ भदौ ३ गतेदेखि खुल्दै, १० हजार कित्तासम्म आवेदन गर्न पाइने
लिवर्टीको आईपीओमा न्यूनतम १० कित्ता अर्थात १ हजार रुपैयाँदेखि अधिकतम १० हजार कित्ता अर्थात १० लाख रुपैयाँसम्मका लागि आवेदन दिन सकिनेछ । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ।
समाज लघुवित्त
समाज लघुवित्त वित्तीय संस्थाले भदौ ४ गतेदेखी ८६ लाख रुपैयाँ बराबरको ८६ हजार कित्ता आईपीओ निष्काशन गर्न लागेको हो।
जसमध्ये संस्थाका कर्मचारीका लागि एक हजार र सामूहिक लगानी कोषका लागि ४ हजार ३०० कित्ता छुट्याएर सर्वसाधारणका लागि ८० हजार ७०० कित्ता शेयर बिक्रीमा आउन लागेको हो।
इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा ५ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।
समाज लघुवित्तको आईपीओ भदौ ४ गतेदेखि बिक्रीमा आउने
लघुवित्तको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ ।
रिलायन्स लाइफ
रिलायन्स लाइफ इन्स्योरेन्सले पनि भदौ ४ गतेदेखि सर्वसाधारणका लागि ६३ करोड बराबरको ६३ लाख कित्ता शेयर आईपीओ निष्काशन गर्दैछ ।
जसमध्ये ३ लाख १५ हजार कित्ता सामूहिक लगानी कोषका लागि र ३ लाख १५ हजार कित्ता कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ। सर्वसाधारणले बाँकी ५६ लाख ७० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।
रिलायन्स लाइफको ६३ करोडको आईपीओ भदौ ४ गतेदेखि खुल्ने
इच्छुक लगानीकर्ताहरु न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा ६३ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । इन्स्योरेन्सको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल रहेको छ ।
कहाँ गर्ने आवेदन ?
लगानीकर्ताहरुले नेपाल धितोपत्र बोर्डबाट सि–आस्बा अनुमति पाएका बैंक तथा वित्तीय संस्था तथा तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। । यसका साथै मेरो शेयर सफ्टवेयरबाट पनि आवेदन दिन सक्नेछन्। ।
कति गर्ने आवेदन ?
पछिल्लो चरणमा निष्कासनमा आएका आईपीओमा परेको आवेदनलाई आधार मान्दा जुनुसुकै कम्पनीको आईपीओमा पनि चार लाख हाराहारीमा आवेदन पर्ने गरेको देखिन्छ । धितोपत्र शेयर निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार आईपीओ आवेदन गर्ने लगानीकर्तालाई १० कित्ताका दरले बाँडफाँड गरिने भएकाले अहिले निष्काशनमा आईपीओ हरुमा पनि चार लाख हाराहारीको आवेदन पर्ने अनुमान गर्न सकिन्छ ।
यसकारण समाज लघुवित्तको आइपीओ गोलाप्रथाबाट बाँडफाँड हुने निश्चित छ । चार लाखकै हाराहारीमा आवेदन परेमा लिवर्टीको आईपीओ पनि अधिकांश आवेदकले १० कित्ताकै दरले पाउनेछन् । चार लाख कै हाराहारीमा आवेदन परेमा भने रिलायन्स लाइफको आइपीओ केहि लगानीकर्ताहरुले २० कित्तासम्म हात पार्ने अवस्था रहन्छ।
लगानीकर्ताले समाज लघुवित्त र लिवर्टी इनर्जीको आईपीओमा १० कित्ता अर्थात एक हजार रुपैयाँ तथा रिलायन्स लाइफको आईपीओमा २० कित्ता अर्थात २ हजार रुपैयाँका दरले आईपीओमा आवेदन गरे उपयुक्त देखिन्छ । रिलायन्स लाइफमा २० कित्ताका दरले आवेदन गरेमा गोलाप्रथाबाट १० कित्ता शेयर पाउने सम्भावना रहन्छ।
यसै साता निष्कासन हुने ३ आइपीओमा आवेदन गर्नका लागि एक जना लगानीकर्ताले कम्तीमा चार हजार रुपैयाँ जोहो गरेमा प्रयाप्त हुने देखिएको छ ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया