केसीएल अस्ट्यूटको मद्दतले तत्काल शेयर लगानीको निर्णय लिन सकिने

0
Shares

केसीएल अस्ट्यूट क्यापिटलले आफ्ना ग्राहकलाई सामाजिक सञ्जाल फेसबुकको म्यासेन्जर मार्फत नै सेवा दिदै आएको छ । क्यापिटलले म्यासेन्जर मार्फत निक्षेप खाता खोल्ने देखि दोस्रो बजारको जानकारी दिई लगानीको निर्णयमा सहयोगी भूमिका निर्वाह गरेको हो ।

क्यापिटलले म्यासेन्जर मार्फत निक्षेप खाता खोल्ने, निक्षेप खाता नविकरण गर्ने, निक्षेप खाता सक्रिय भए–नभएको जानकारी दिने छ । त्यसैगरी क्यापिटलका निक्षेप खाता खोल्ने ग्राहकले साधारण शेयर तथा हकप्रद शेयरको बिक्री खुला तथा बन्दको जानकारी दिने र सूचिकृत कम्पनीको पछिल्लो वित्तीय अवस्थाको विषयमा जानकारी दिने क्यापिटलले जनाएको छ ।

ग्राहकले दोस्रो बजारमा मार्फत धितोपत्र किन्ने योजना भए आफुले शेयर किन्न चाहेको कम्पनी शेयर सम्बन्धी पछिल्लो आधारभूत जानकारी समेत पाइनेछ । कम्पनीको पछिल्लो त्रैमासको वित्तीय अवस्थाको बारेमा म्यासेन्जर मार्फत नै जानकारी लिन सकिने व्यवस्था गरेको क्यापिटलका कामु प्रमुख कार्यकारी अधिकृत निर्मल भट्टराइले बताए । 

 

साधारण शेयर निष्कासन गरेका कम्पनीमा कति लगानी गर्दा उपयुक्त हुन्छ भन्ने सुझाब समेत दिइने उनले बताए । पछिल्लो समयमा धितोपत्र बजार प्रविधि मैत्री बन्दै गएको अवस्थामा सर्वसाधारणको सहजताका लागि म्यासेन्जर मार्फत नै धेरै काम गर्न सकिने व्यवस्था गरेको उनको भनाई छ ।

म्यासेन्जर मार्फत निक्षेप खाता खोल्दा च्याट गरेर वा फोनमा कुरा गरेको आधारमा खाता खोल्न सकिने बताउँदै उनले भने,“यसरी भर्चुअल माध्यमवाट खोलिएको खातामा खातावालाले ६ महिना भित्र संस्थामा उपस्थित भई ल्याप्चे र हस्ताक्षर प्रमाणीकरण गरिदिनु पर्छ ।” त्यसो नगरेको खण्डमा खाता निष्क्रिय हुने समेत उनले बताए । खाता खोलेको ६ महिनाको अवधिमा ठुलो र शंङकास्पद कारोबार भएको खण्डमा सम्बन्धित निकायमा जानकारी गराउने समेत उनले बताए ।

त्यसैगरी म्यासेन्जर मार्फत नै निक्षेप खाता नविकरण गर्ने तथा मेरो शेयरको पासवर्ड परिवर्तन पनि गर्न सकिन्छ । तर, म्यासेन्जर मार्फत गरीने यी सबै कामका लागि म्यसेन्जरमा भएको नाम र नागरिकता तथा केसीएललाई दिने विवरण फरक पर्न हुँदैन । नाफा फरक परेको खण्डमा फोन मार्फत काम हुने पनि उनले बताए ।

त्यसका साथै लगानी व्यवस्थापन सम्बन्धी तथा धितोपत्र बजारको विषयमा समेत जानकारी पनि लिन सकिन्छ । धितोपत्र बजारको पछिल्लो अवस्था तथा लगानी व्यवस्थापनको विषयमा समेत जानकारी म्यासेन्जर मार्फत नै आउनेछ । यो सुविधा केसीएलका ग्राहकले मात्र नभई अन्यले पनि पाउन सक्ने उनको भनाई छ । यो सुविधाका लागि केसीएल अस्ट्यूटको फेसबुक पेज मार्फत सम्पर्क गर्न सकिनेछ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ४ भाद्र २०७७, बिहिबार  १८ : ०२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।