विन नेपाल लघुवित्तले लाभांश वितरण नगर्ने


विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई कुनै पनि लाभांश वितरण नगर्ने भएको छ।

मंसिर १९ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

लघुवित्तले वार्षिक साधारण सभा प्रयोजनार्थ सोही बमोजिम वित्तीय विवरणहरु स्वीकृतीका लागि नेपाल राष्ट्र बैंकमा पठाउने निर्णय पनि गरेको छ ।

प्रकाशित मिति: २० मंसिर २०८१, बिहिबार  १० : ४५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।