नेप्से ५ दिनमा ७० अंकले बढ्यो, बुधबार मात्रै साढे २ अर्ब बढीको कारोबार

0
Shares

कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि देशका विभिन्न जिल्लाहरुमा निषेधाज्ञा जारी भएपनि शेयर बजार भने सुधारको लयमा देखिएको छ ।

निषेधाज्ञा जारी भएपछिको ५ कारोबार दिनमै नेप्से सूचक ७० अंक माथि उकालो लागेको छ भने कारोबार रकममा समेत सुधार आइरहेको छ । गत साताको अन्तिम दिन बिहीबारदेखि लगातार बढेको नेप्से यो साताको बुधबारसम्म आइपुग्दा निरन्तर उकालो लागेको छ ।

निषेधाज्ञाकै अवस्थामा अनलाइनका माध्यवाट घरबाटै शेयर कारोबार गर्ने अवस्था आएपछि बजारमा सकारात्मक प्रभाव परेको देखिन्छ । साथै केहि समय अगाडि निष्कासन भएका प्राथमिक शेयरहरु दोस्रो बजारमा किनबेच हुन थालेपछि पनि कारोबारीहरुको संख्या बढ्न थालेको छ ।

अनलाइन मार्फत धेरै संख्यामा कारोबार हुन थालेपछि कारोबार संख्या, शेयर कित्ता तथा रकममा समेत सुधार आइरहेको छ।

बैंक तथा वित्तीय संस्थाहरुमा प्रशस्त तरलता रहेको र ब्याजदर समेत घटेको अवस्थामा पूँजी बजारमा सकारात्मक प्रभाव परेको देखिन्छ ।

पछिल्लो समयमा बैंकहरुमा निक्षेप थुप्रिएको अवस्था छ भने लगानी गर्ने अवसर पाउन सकेका छैनन् । बैंकमा सस्तो दरमा रहेको निक्षेप लगानीका अन्य अवसरहरु नभएपछि शेयर बजारमा आएको हुनाले पनि बजार वढेको अनुमान विश्लेषकहरुको छ ।

Symbol Turnover Closing Price
As of 2020-08-26 15:00:00
NRIC 349,254,823.00 712.00
NIL 137,877,245.00 755.00
NLIC 125,210,483.00 1,362.00
NICA 104,096,076.00 590.00
SLICL 82,958,764.00 538.00
NMB 79,681,503.00 433.00
ALICL 76,124,883.00 710.00
PLIC 73,306,774.00 620.00
SICL 60,434,115.00 1,264.00
NBL 59,810,337.00 291.00

निषेधाज्ञापछि नेप्सेमा ५ दिन कारोबार भएको छ । यो चार दिनमा नेप्से परिसूचक निरन्तर वढेको छ । नेप्से सूचक बिहीबार ६, आइतबार १२, सोमबार २१ , मंगलबार ९ अंंक र बुधबार २२ अंकले वढेको छ । यी कारोबार दिनमा कारोबार रकम पनि २ अर्बसम्म भएको छ । अनलाइन कारोबारमा लगानीकर्ता अभ्यस्त भएपछि बजारमा सकारात्मक प्रभाव परेको हो ।

 

बुधबार नेप्से परिसूचक २१.१० अंकले बढेर १४६२.०३ बिन्दुमा पुगेको छ । नेप्सेमा १८६ कम्पनीको ५८ लाख ८२ हजार १०१ कित्ता शेयर २ अर्ब ६५ करोड ६१ लाख रुपैयाँ बराबरमा किनबेच भएको छ ।

कारोबार रकम अघिल्लो दिनको तुलनामा भन्दा ८० करोड बढी हो । मंगलबार १ अर्ब ८५ करोड बराबरको शेयर किनबेच भएको थियो । बुधबार कारोबारमा आएका व्यापार र जीवन बीमाकम्पनी बाहेक सबै समूहको सूचक सकारात्मक रहेका छन् ।

यस्ता छन् कमाउने कम्पनी

Symbol- Gainers LTP Point Change % Change
As of 2020-08-26 15:00:00
NRN 336.00 30 9.80
NFS 187.00 13 7.47
NRIC 712.00 40 5.95
SMFBS 985.00 50 5.35
NIBPO 375.00 18 5.04
PRVU 240.00 11 4.80
PICL 512.00 23 4.70
SANIMA 356.00 15 4.40
GLICL 540.00 22 4.25
MLBL 198.00 8 4.21

यस्ता छन् गुमाउने कम्पनी

Symbol-Loser LTP Point Change % Change
As of 2020-08-26 15:00:00
SFCL 129.00 -14.00 -9.79
GMFIL 122.00 -5.00 -3.94
AKJCL 53.00 -2.00 -3.64
AKPL 117.00 -4.00 -3.31
JOSHI 59.00 -2.00 -3.28
SEF 8.77 -0.23 -2.56
PMHPL 82.00 -2.00 -2.38
DHPL 49.13 -0.87 -1.74
CORBL 121.00 -2.00 -1.63
LICN 1,476.00 -24.00 -1.60

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १० भाद्र २०७७, बुधबार  १५ : ३६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।