पछिल्लो २४ घण्टामा थप ९२७ जनामा कोरोना पुष्टि, काठमाडौं उपत्यकामा हालसम्मकै धेरै

0
Shares

नेपालमा पछिल्लो २४ घण्टामा थप ९२७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ३६ हजार ४ सय ५६ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार १६९ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २० हजार २ सय ४२ पुगेको छ।

पछिल्लो २४ घण्टामा १० हजार २ सय २९ पीसीआर परीक्षण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। सक्रिय संक्रमित १६ हजार १९ रहेको छ। हाल देशभर क्वारेन्टिनमा ८ हजार ९ सय ३९ जना रहेका छन्।

काठमाडौं उपत्यकामा हालसम्मकै धेरै

यस्तै काठमाडौँ उपत्यका ४१५ जना कोरोना संक्रमित थपिएका छन्। काठमाडौँमा ३५०, ललितपुरमा ११ र भक्तपुरमा ५४ जनामा कोरोना संक्रमित थपिएका छन्।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १२ भाद्र २०७७, शुक्रबार  १६ : ३३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।