सोह्र कम्पनीको लाभांश घोषणा, तपाईकोले कति दिँदैछ ?

0
Shares

हालसम्म १६ कम्पनीको लाभांश घोषणा गरेका छन् । नेप्सेमा सूचीकृत १४ र दुई क्यापिटलले लाभांश घोषणा गरेका हुन्।

लाभांश घोषणा गरेका कम्पनीहरुमध्ये समता लघुवित्तले सबैभन्दा धेरै २० प्रतिशत बोनस सहित २६.२३ प्रतिशत लाभांश वितरण गरेको छ भने कुमारी क्यापिटल र ग्लोबल आइएमई समुन्नत स्कीम १ ले समान ४ प्रतिशत नगद लाभांश वितरण गर्ने जनाएका हुन्।

लाभांश घोषणा गरेका कम्पनीमध्ये नेशनल लाइफ र एनएलजी इन्स्योरेन्स कम्पनीअघिल्लो आर्थिक वर्ष २०७५।७ट बाट लाभांश घोषणा गरेका हुन् भने बाँकी १४ कम्पनीले गत आव २०७६।७७ को लाभांश घोषणा गरेका हुन्।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि नोटबजार डटकमको फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा फलो गर्न सक्नुहुन्छ ।

सोह्र कम्पनीमध्ये चार कम्पनीले लाभांशको बुकक्लोज गरिसकेका छन् । एनआईबिएल सहभागिता फण्डले साउन २३ गते तथा सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम २ र सिद्धार्थ इक्वीटी फण्डले साउन ३२ गते बुकक्लोज गरिसकेका छन् । यस्तै एनआईबिएल समृद्धि फण्डले पनि भदौ ५ गते नै बुकक्लोज गरिसकेको छ ।

सूचीकृत नरहेका दुई क्यापिटल र बुकक्लोज हुन बाँकी कम्पनी बाहेक सूचीकृत कम्पनीको शेयर खरीद गर्ने लगानीकर्ताले प्रस्तावित लाभांश पाउनेछन्।

तपाईको लगानी रहेकोले कति दिँदैछ ?