महुली लघुवित्तका सेयरधनीहरुको हात खाली


काठमाडौँ । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडका सेयरधनीहरुको हात खाली हुने भएको छ । लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने घोषणा गरेको हो ।

पुस २४ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो। उक्त बैठकले गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतीका लागि नेपाल राष्ट्र बैंक पठाउने निर्णय पनि गरेको छ।

प्रकाशित मिति: २५ पुस २०८१, बिहिबार  ११ : १८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।