बजार पूँजीकरण झण्डै २० खर्ब पुग्दा, रि–इन्स्योरेन्स उक्लियो दोस्रो स्थानमा

0
Shares

साताभर ५२ अंक बढीले उकालो लागेको शेयर बजारको समग्र पूँजीकरण झण्डै २० खर्ब पुगेको छ । साताभर समग्र बजार पूँजीकरण ६९ अर्ब ८४ करोडले बढेको हो ।

भदौ १८ गते बिहीबार बजार बन्द हुँदा कुल बजार पूँजीकरण १९ खर्ब ९८ अर्ब ३१ करोड रुपैयाँ थियो। अघिल्लो साताको बिहीबार बजार बन्द हुँदा समग्र बजार पूँजीकरण १९ खर्ब २८ अर्ब ४७ करोड रहेको थियो । 

शेयर बजारमा आएको सुधारसँगै अधिकांस कम्पनीहरुको शेयरमूल्य बढ्नुका साथै बजारमा तुलनात्मक रुपमा धेरै शेयर मूल्य भएका कम्पनीहरुको भाउ बढ्दा बजार पूँजीकरणमा सुधार आएको हो ।

शेयर बजारमा सूचीकृत कम्पनीहरुमध्येमा नेपाल टेलिकम बजार पूँजीकरणको आधारमा सबैभन्दा अगाडि रहेको छ । नेपाल टेलिकमको बजार पूँजीकरण एक खर्ब ८ अर्ब ३० करोड रुपैयाँ छ । लगातार शेयर मूल्य बढेपछि नेपाल रि–इन्स्योरेन्स कम्पनी दोस्रो स्थानमा पुगेको छ । रि–इन्स्योरेन्सको बजार पूँजीकरण बढेर ८८ अर्ब ९० करोड रुपैयाँ पुगेको छ । पछिल्लो समयमा नेपाल रि–इन्स्योरेन्सको शेयर मूल्य बढेर कारोबार भइरहेको छ ।

Top 10 Securities by Market Capitalization
( 28-Aug-2020 To 03-Sep-2020 )

S.N.  Security Name Symbol Capitalization (Rs. In Million)
1 Nepal Doorsanchar Comapany Limited NTC 108300
2 Nepal Reinsurance Company Limited NRIC 88900
3 Nabil Bank Limited NABIL 86734.23
4 Nepal Life Insurance Co. Ltd. NLIC 75572.21
5 Everest Bank Limited EBL 63357.14
6 Nepal Investment Bank Limited NIB 61128.01
7 NMB Bank Limited NMB 60268.26
8 NIC Asia Bank Ltd. NICA 57820.02
9 Standard Chartered Bank Limited SCB 53676.59
10 Himalayan Bank Limited HBL 52953.39

 

यो साता नेपाल रि–इन्स्योरेन्सको १ अर्ब ७२ करोड १६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मूल्य बढेर प्रतिकित्ता ८८९ रुपैयाँ पुगेको छ । रकम तथा शेयर संख्याका आधारमा सबैभन्दा बढी शेयर नेपाल रि–इन्स्योरेन्सको कारोबार हुने गरेको नेप्सेले जनाएको छ ।

बजार पूँजीकरणका आधारमा तेस्रो स्थानमा नबिल बैंक छ । नबिलको बजार पूँजीकरण ८६ अर्ब ७३ करोड रुपैयाँ पुगेको छ । चौथो नम्बरमा रहेको नेपाल लाइफ इन्स्योरेन्सको ७५ अर्ब ५७ करोड रुपैयाँ पुगेको छ ।

यसैगरी एभरेष्ट बैंकको ६३ अर्ब ३५ करोड, नेपाल इन्भेस्टमेन्ट बैंकको ६१ अर्ब १२ करोड र एनएमबी बैंकको ६० अर्ब २६ करोड रुपैयाँ पुगेको छ । यसैगरी एनएआईसी एसिया बैंकको ५७ अर्ब ८२ करोड, स्ट्यान्डर्ड चाटर्ड बैंकको ५३ अर्ब ६७ करोड र हिमालयन बैंकको ५२ अर्ब ९५ करोड रुपैयाँ पुगेको नेप्सेले जनाएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।