निभिक्स फार्मास्युटिकल्सले आइपीओ जारी गर्ने


तनहुँको दमौलीमा उत्पादन केन्द्र रहेको निभिक्स फार्मास्युटिकल्सले सर्वसाधारणका लागि लगानी खुला गर्दै आइपीओ जारी गर्ने निर्णय गरेको छ । पोखरामा शनिबार सम्पन्न कम्पनीको सातौँ वार्षिक साधारणसभाले आइपीओमा जाने औपचारिक निर्णय गरेको हो ।

प्राइभेट लिमिटेडको रूपमा सञ्चालनमा आएको कम्पनीलाई ७ वर्षपछि, यही पब्लिक लिमिटेडमा रुपान्तरण गरिएको थियो । मुटु रोग, मधुमेह, श्वासप्रश्वास, कलेजो र पेटका रोगहरूसम्बन्धी झन्डै दुई दर्जन किसिमका औषधि बजारमा ल्याएको कम्पनीले थप दुई दर्जन किसिमका औषधी उत्पादनको तयारी गरिरहेको कम्पनीका प्रबन्ध निर्देशक इन्द्र बनियाले बताए ।

हाल कम्पनीको अधिकृत पुँजी र जारी पुँजी ५५ करोड रुपैयाँ तथा चुक्ता पुँजी २५ करोड रुपैयाँ रहेको छ । बाँकी लगानीका लागि चालु आर्थिक वर्षभित्र सर्वसाधारणका लागि आइपीओ जारी गर्ने तयारी गरिएको कम्पनीले जनाएको छ । साथै, उक्त आइपीओ निष्कासनका लागि कम्पनीले नेपाल एसबिआई मर्चेन्ड बैंकिङ लिमिटेडलाई सेयर निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ ।

प्रकाशित मिति: २८ पुस २०८१, आइतबार  १८ : ४० बजे