आठौ संस्करणको विराट एक्स्पो २०२५ माघ ११ देखि, वेरोजगार र रोजगारदाता वीच जमघट


माघ ११ देखि विराटनगरको डिग्री कलेजको मैदानमा सुरु हुने आठौ सस्करणको विराट एक्स्पोले रोजगारीको खोजीमा भौतारिएका युवा युवती र दक्ष कामदारको खोजीमा रहेका उद्योगी व्यवसायिलाई रोजगार कोशी पेभिलियनमा जमघट गराउने भएको छ ।

जमघटमा झण्डै दुई हजार युवायुवतीलाई करिअर काउन्सेलिङ गरेर प्रमाणपत्र दिनेदेखि करियरको मार्गवृत्तिको अवस्था देखाउदै उपलब्ध रोजगारीका अवसरमा सम्पर्क स्थापीत गर्ने एक्स्पोको लक्ष्य छ । एक्स्पोले आईएलओले विकास गरेको अन्तराष्ट्रिय पेशागत मापदण्डका आधारमा काम र कामदार खोजीमा सहजता प्रदान गर्न जबब्रिज पोर्टलको व्यवस्था गरेर डिजटल कनेक्ट हुने व्यवस्था मिलाउने तयारी गरेको छ आयोजकको भनाई छ ।

यसकालागि एक्स्पो आयोजक उद्योग संगठन मोरङले एक्स्पोमा रोजगार कोशी पेभिलियनको व्यवस्था गर्ने तयारी गरेको विज्ञप्तिमा उल्लेख छ । त्यो पेभिलियन विशेष गरेर हातमा शैक्षीक प्रमाणपत्र र सीप बोकेर रोजगारीकालागि भौतारीएका युवायुवतीलाई दक्ष कामदार र कर्मचारीको खोजीमा रहेका रोजगारदाता उद्योगी व्यवसायीसँग भेट गराएर रोजगारका अवसर सृजनागर्नमा लक्षित हुने एक्स्पो आयोजक उद्योग संगठन मोरङको छ ।

विराटनगरमा अहिलेसम्म नाफामूलक औधोगिक र व्यापारिक मेला महोत्सव मात्र हुँदै आएको इतिहास छ । त्यो इतिहासलाई एक्स्पो आयोजक उद्योग संगठन मोरङले चिर्दै यस पटकदेखि डिजिटल कोशी ब्रिजिङ इनोभेशन एण्ड इन्भेष्टमेन्ट थिममा एक्स्पो आयोजना गर्न लागेको जनाएको छ ।

एक्स्पोले यसपटक विशेषगरी युवायुवतीहरुलाई उपयुक्त करिअर काउन्सेलिङ गरिनुपर्दछ भन्ने बिषयलाई मूख्यरुपमा प्रोमोट गर्ने प्रयत्न स्वरुप रोजगार कोशी पेभिलियनको व्यवस्था गरेको हो । यस पेभिलियनमा हस्पीटालिटी, आईटि र इलेक्ट्रिकलका क्षेत्रमा एक्स्पो अवधीमा १ हजार ८०० जनालाई प्रत्यक्ष तालिम दिने, प्रमाण पत्र दिने, करियरको मार्गवृत्तीको अवस्था देखाउने, उपलब्ध रोजगारीका अवसरमा सम्पर्क स्थापित गर्ने कार्यक्रम रहेको छ ।

हस्पिटालिटी अन्तरगत वारिष्ठा र त्यस अन्र्तगत कफि बनाउने तालिम, आईटिमा सिसिटिभी बनाउने र इलेक्ट्रिोनिकमा मोबाईल मर्मतको तालिमका सबै पूर्वाधार सहित प्रत्यक्ष तालिम सञ्चालन गरिने छ । एक्स्पो अवधिमा हरेक दिन २ घण्टा अवधीको तालिम दिनहुँ ३ सिफ्टमा सञ्चालन गरिने छ । तालिमपछि प्रमाण पत्र सहित करियर ट्रि मार्फम आगामी दिनको करियरको बाटो देखाउने सचित्र प्रमाण पत्र पनि उपलब्ध गराईने छ । प्रत्येक दिन विज्ञहरुबाट करियर काउन्सेलिङको कक्षा लिइने व्यवस्था मिलाइने छ ।

एक्स्पोकै अवसरमा आयोजक उद्योग संगठनले तालिम लिएका प्रशिक्षार्थीहरुकालागि आईएलओले विकास गरेको अन्तराष्ट्रिय पेशागत मापदण्डका आधारमा काम र कामदार खोजी सहजता प्रदान गर्न जबब्रिज पोर्टल राखी डिजटल कनेक्ट हुने व्यवसथा मिलाउने बताइएको छ ।

प्रकाशित मिति: २८ पुस २०८१, आइतबार  १९ : १५ बजे