लिवर्टी ईनर्जीको शेयर रजिष्ट्रारमा प्रभु क्यापिटल नियुक्त

0
Shares

लिवर्टी ईनर्जी कम्पनीले शेयर सम्बन्धि सम्पूर्ण कार्य गर्नको लागि प्रभु क्यापिटललाई शेयर रजिष्ट्रार नियुक्त गरेको छ ।

उक्त सम्झौतामा लिवर्टी ईनर्जी कम्पनी लिमिटेडका तर्फबाट प्रबन्ध सञ्चालक डा. आत्माराम घिमिरे तथा शेयर रजिष्ट्रार प्रभु क्यापिटल लिमिटेडका तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकालीले हस्ताक्षर गरे ।

प्रभु क्यापिटलले लिवर्टी ईनर्जी कम्पनी लिमिटेडको शेयर सम्बन्धि कारोबारको अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, लगायत शेयरधनीहरुको लगत अद्यावधिक गरी राख्ने सम्पूर्ण कार्य गर्ने जनाएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि नोटबजार डटकमको फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा फलो गर्न सक्नुहुन्छ ।