गार्डियन माइक्रोलाइफ इन्स्योरेन्सको आईपीओ आइतबार बाँडफाँड हुने


काठमाडौँ । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीको साधारण शेयर (आईपीओ) पुस ६ गते आइतबार बाँडफाँड हुने भएको छ ।

उक्त कम्पनीको आइपीओ आइतबार बाँडफाँड गर्ने तयारी भएको बिक्री प्रबन्धक कुमारी क्यापिटलले जनाएको छ ।

कम्पनीको आईपीओ १९ लाख ८ हजार ४३१ जनाले भरेका छन् । तर कम्पनीको आइपीओ १ लाख ८४ हजार ५०० जनाले १० कित्ताका दरले मात्र पाउने छन् ।
यसको आधारमा आईपीओ गोलाप्रथाद्धारा बाँडफाँड हुनेछ ।

कूल १८ लाख ४५ हजार कित्ता शेयर सर्वसाधारणका लागि आवेदन माग भएकोमा २ करोड ५२ लाख ७ हजार ६९० कित्ताका लागि आवेदन परेको छ

प्रकाशित मिति: ४ माघ २०८१, शुक्रबार  १० : ४६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।