कर्जाको ब्याजदर समायोजन नहुँदा माथिल्लो तामाकोशी समस्यामा, आयोजना दुई दिन बन्द


काठमाडौं । माथिल्लो तामाकोशी जलविद्युत् आयोजना सरसफाइका लागि दुई दिन बन्द गरिएको छ ।आयोजना निर्माणको क्रममा लिइएको कर्जाको ब्याजदर समायोजन नहुँदा समस्यामा परेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत मोहन गौतमले बताए ।

बाढीपहिरोले क्षति पुर्‍याएपछि झण्डै तीन महिनासम्म बन्द भएको यो जलविद्युत् आयोजना मर्मतपछि ९ पुस बेलुकादेखि आंशिक सञ्चालनमा आएको थियो । संरचनामा सरसफाइ लगायतका काम गर्न शनिबार बिहान सात बजेदेखि आइतबार बेलुका आठ बजेसम्मका लागि आयोजना बन्द गरिएको उनले बताए ।

यो आयोजनाका मुख्य लगानीकर्ता नेपाल विद्युत प्राधिकरण, कर्मचारी सञ्चयकोष, नेपाल टेलिकम, राष्ट्रिय बीमा कम्पनी र नागरिक लगानी कोष हुन् ।राष्ट्रिय बीमा कम्पनी र आयोजनाबीच प्रारम्भिक रुपमा १ अर्ब ७८ करोडको बीमा सम्झौता भएको थियो ।

तीन महिना बन्द भएकाले विद्युत् प्राधिकरणलाई बिजुली बिक्री गरेर आउने रकम कम्पनीले गुमाएको छ ।

 

प्रकाशित मिति: ६ माघ २०८१, आइतबार  ०९ : ३० बजे