प्रि ओपनिङ सेसनमा १९ कम्पनीको शेयर मूल्य बढ्यो, सूचकमा पनि सुधार


नियमित सेसनमा घटिरहेको शेयर बजार प्रि ओपनिङ सेसनमा भने पछिल्ला दिनमा औसत अवस्थामा कारोबार हुँदै आएको छ । यस क्रममा मंगलबार भने नेप्सेको प्रि ओपनिङ्ग सेसनमा बजार परिसुचक नेप्से ३.५२ अंकले बढेर १४९१.३३ अंकमा उक्लिएको छ ।

कारोबारमा आएका २५ कम्पनीमध्ये १६ कम्पनीको शेयरमूल्य बढेको छ भने ३ कम्पनीको शेयर मूल्य घटेको छ । त्यसै गरी ३ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।

नेप्सेको प्रि ओपनिङ्ग सेसनमा २५ कम्पनीका ५ हजार १४ कित्ता शेयरहरु १६ लाख ६६ हजार ३९० रुपैंयामा किनबेच भएका छन् ।

अधिकांस कम्पनीहरुको शेयरमूल्य ४ प्रतिशतभन्दा धेरैले बढेको छ । शेयर मूलय घट्ने कम्पनीको पनि २ देखि ४ प्रतिशतसम्मले शेयरमूल्य घटेको छ ।

 

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि नोटबजार डटकमको फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा फलो गर्न सक्नुहुन्छ ।