नेप्से ११.६४ अंकले घट्यो


काठमाडौँ । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक ११.६४ अंकले घटेर दुई हजार ६९९.८१ बिन्दुमा झरेको छ ।

आज सेन्सेटिभ इन्डेक्स १.५५ अंक, फ्लट इन्डेक्स ०.७९ र सेन्सेटिभ फ्लट इन्डेक्स ०.५५ अंकले घटेको छ । आज १३ उपसमूहमा फाइनान्सबाहेक अन्य सबै उपसमूहको शेयरमूल्य घटेको छ । आज बारोबारमा आएका २४३ कम्पनीमध्ये १६० कम्पनीको शेयरमूल्य घट्दा ७४ कम्पनीको बढेको छ भने ९ को स्थिर छ ।

यसदिन उपर लोहोरे खोला हाइड्रोको शेयरमा सर्किट लाग्दा उपकार लघुवित्त र कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले सर्वाधिक १० प्रतिशत गुमाएका छन् ।

आज कारोबार रकम भने बढेको छ । बुधबार ८ अर्ब ९५ करोड ८० लाख रुपैयाँ बराबरको १ करोड ९१ लाख ८१ हजार ४१४ कित्ता शेयर कारोबार भएकोमा आज ९ अर्ब २४ करोड ७३ लाख रुपैयाँ बराबरको एक करोड ८६ लाख ८० हजार ३९२ कित्ता शेयर किनबेच भएको छ ।

प्रकाशित मिति: २४ माघ २०८१, बिहिबार  १५ : ४६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।