डा. युवराज खतिवडा प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकार नियुक्त

0
Shares

डा. युवराज खतिवडालाई प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष आर्थिक सल्लाहकारमा नियुक्त गरिएको छ ।

सोमबार बसेको मन्त्रिपरिषदको बैठकले खतिवडालाई प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकार नियुक्त गर्ने निर्णय गरेको हो ।

सोमबारको मन्त्रिपरिषद बैठकका निर्णयहरु सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकारमा खतिवडालाई नियुक्त गर्ने निर्णय भएको जानकारी दिएका हुन् ।

खतिवडाले विशेष आर्थिक सल्लाहकारको रुपमा मन्त्रीसरहको सुविधा पाउनेछन् ।

खतिवडा निवर्तमान अर्थमन्त्री हुन् । राष्ट्रिय सभा सदस्यको कार्यकाल पूरा भएपछि खतिवडा अर्थका साथै सूचना तथा सञ्चारमन्त्री पदबाट मुक्त भएका थिए ।

खतिवडा अर्थमन्त्रीको पदबाट मुक्त भएपछि प्रधानमन्त्री केपी शर्मा ओली आफैंले अर्थमन्त्रालयको जिम्मेवारी समेत सम्हाल्दै आएका छन् । अब खतिवडालाई सल्लाहकार बनाएर ओलीले अर्थ मन्त्रालय आफैंले सम्हाल्ने भएका हुन् ।

यता परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीलाई सरकारको प्रवक्ताको जिम्मेवारी दिने निर्णय पनि सोमबारको मन्त्रिपरिषद बैठकले गरेको छ ।

नेकपामा विवाद उत्पन्न भएपनि उनी राष्ट्रिय सभा सदस्यमा सिफारिस हुन सकेका थिएनन् । यसपछि उनले भदौ १९ गते अर्थमन्त्रीबाट राजीनामा दिएका थिए । खतिवडा सांसद नभए पनि उनलाई प्रधानमन्त्री ओलीले ६ महिना मन्त्री बनाएका थिए ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ३० भाद्र २०७७, मंगलबार  १८ : २७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।