ट्रष्ट माइक्रो इन्स्योरेन्सले साढे २२ लाख कित्ता आइपिओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल नियुक्त


ट्रष्ट माइक्रो इन्स्योरेन्स लिमिटेडले सर्वसाधारणमा साढे २२ लाख कित्ता सेयर निष्काशन गर्ने भएको छ । कम्पनीले जारी पूँजीको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता सेयर निष्काशन गर्न लागेको हो ।

प्रति कित्ता १०० रुपैयाँ अंकित मूल्यको दरमासर्वसाधारण्मा सेयर निष्काशन गर्नका लागि कम्पनीले एनआइएमबि एस क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । बिक्री प्रबन्धक नियुक्त गर्ने सम्झौतामा आइतबार निष्काशन कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत उज्वल ढुङ्गाना र निष्काशन तथा बिक्री प्रबन्धकका तर्फबाट महाप्रबन्धक सचिन्द्र ढुङ्गानाले हस्ताक्षर गरेका छन् ।

न्यून आय भएका एवं पिछडिएका क्षेत्रका बासिन्दा र सिमान्तकृत समुदायका व्यक्तिहरुलाई लघु बीमा सेवा पु¥याउने लक्ष्य लिएको ट्रष्ट माइक्रो इन्स्योरेन्सले २०८० कात्र्तिक १२ गते निर्जीवन लघु बीमाको इजाजतपत्र पाएको थियो भने २०८० चैत १ गतेदेखि लघु निर्जीवन बीमासेवा सुरु गरेको थियो ।

प्रकाशित मिति: ४ फाल्गुन २०८१, आइतबार  १९ : १५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।