बजार पूँजीकरण ऐतिहासिक उचाइमा, यी हुन् शेयर बजारका १० ठूला कम्पनी

0
Shares

असोज १ गते बिहीबार नेपालको शेयर बजारको समग्र बजार पूँजीकरण झण्डै २१ खर्ब नजिक पुगेर हालसम्मकै ऐतिहासिक उचाइमा पुगेको छ ।

पछिल्लो चरणमा शेयर बजारमा आएको बढोत्तरी र नयाँ कम्पनीहरु समेत धितोपत्र बजारमा सूचीकरण भई थपिएपछि बजार पूँजीकरण उच्च स्थानमा पुगेको हो ।

 

असोज १ गते बिहीबार नेपालको एक मात्र शेयर बजारको पूँजीकरण धेरै २० खर्ब ९० अर्ब २० करोड रुपैयाँभन्दा बढी पुगेको हो । यसअघि समग्र बजार पूँजीकरण २० खर्ब ८३ अर्बसम्म पुगेको थियो ।

बजारमा आएको क्रमिक सुधार र ठूला पूँजी भएका नयाँ कम्पनीहरुको प्रवेशले पनि बजार पूँजीकरणमा सहायोग पुर्याएको हो ।

पछिल्लो चरणमा नेपाल पुर्नबीमा कम्पनी, एनआइसी एशिया लघुवित्त, एनआरएन इन्फाष्ट्रकर, अजोड इन्स्योरेन्स, साधना लघुवित्त, रिलायन्स लाइफ लगायतका नयाँ कम्पनीहरु बजारमा प्रवेश गरेका छन् ।

जसमा नेपाल पुनर्बीमा कम्पनीको ८७ अर्ब ६० करोड रुपैयाँ, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको ४ अर्ब ५४ करोड २० लाख ५५ हजार २२१ रुपैयाँ बजार पू़ँजीकरण छ ।

नेपालको बजारमा सबैभन्दा धेरै बजार पूँजीकरण भएको कम्पनी नेपाल टेलिकम हो । टेलिकमको एक खर्ब ६ अर्ब ८० करोड रहेको छ । यस्तै बजार पूँजीकरणको दोस्रो स्थानमा रहेको नेपाल रि–इन्स्योरेन्स कम्पनीको ८७ अर्ब ६० करोड रुपैयाँ छ ।

बजार पूँजीकरणको तेस्रो स्थानमा नबिल बैंक, चौथोमा नेपाल लाइफ इन्स्योरेन्स, पाँचौंमा एभरेष्ट बैंक, छैटौंमा नेपाल इन्भेस्टमेन्ट बैंक, सातौंमा एनएमबी बैंक र आठौंमा एनआईसी एसिया बैंक छन। नवौं स्थानमा नागरिक लगानीकोष र दशौं स्थानमा हिमालयन बैंक रहेका छन् ।

Top 10 Securities by Market Capitalization
Security Name Symbol Capitalization (Rs. In Million)
Nepal Doorsanchar Comapany Limited NTC 106800
Nepal Reinsurance Company Limited NRIC 87600
Nabil Bank Limited NABIL 86633.38
Nepal Life Insurance Co. Ltd. NLIC 77276.02
Everest Bank Limited EBL 62764.23
Nepal Investment Bank Limited NIB 61128.01
NMB Bank Limited NMB 59291.7
NIC Asia Bank Ltd. NICA 57334.14
Citizen Investment Trust CIT 56425.08
Himalayan Bank Limited HBL 53796.9

 

साताभर नेप्से ५१ अंक बढ्यो नेप्से

यस साता नेप्से परिसूचक साढे ५१ अंकले बढेको छ । गत साताको अन्तिम कारोबार दिन १५२०.६९ विन्दुमा रहेको नेप्से परिसूचक यो साताको अन्तिम कारोबार दिन ५१.४९ अंक बढेर १५७२.१८ विन्दुमा पुगेको छ।

कारोबारमा आएका पाँच कारोबार दिनमध्ये चार दिन बजार बढेको थियो । पछिल्ला दिनहरुमा कारोबार रकम र कारोबार संख्यामा निरन्तर बढोत्तरी आउन थालेको छ ।

यस साता २०४ कम्पनीको २ लाख १ हजार ४२५ पटकको कारोबारमा १४ अर्ब २९ करोड रुपैयाँ बराबरको ४ करोड २३ लाख कित्ता शेयर खरिद बिक्री भएको छ। गत साताको तुलनामा कारोबार रकम २४ प्रतिशत धेरै हो ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।