शेयर बजारमा उच्च पूँजीकरण हुने कम्पनीको दबदबा, दश कम्पनी मात्रै ३५.८४% हिस्सा

0
Shares

नेप्सेमा सूचीकृत कूल कम्पनीको बजार पूँजीकरण यस साता १५ खर्ब ६८ अर्ब ५९ करोड रुपैयाँ रहेको छ । उच्च पूँजीकरण हुने दश कम्पनीको मात्रै बजार पूँजीकरणको ३५.८४ हिस्सा रहेको छ ।

उच्च पूँजीकरण हुने दश कम्पनीहरुको कूल बजार पूँजीकरण ५ खर्ब ६२ अर्ब १४ करोड रुपैयाँ रहेको छ ।

जसमध्ये नेपाल टेलिकमको सबैभन्दा धेरै एक खर्ब ४ अर्ब ७० करोड रुपैयाँ रहेको छ ।

यस साता पनि बजारमा वाणिज्य बैंकहरुकै बोलवाला रह्यो । बजार पूँजीकरणका आधारमा शीर्ष दश मध्ये  आठ वाणिज्य बैंकहरु परेका छन् । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड शीर्ष स्थानमा रहँदा नबिल बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक, स्टयाण्डर्ड चार्टड बैंक, एभरेष्ट बैंक, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, हिमालयन बैंक, एनआइसिएशिया, नेपाल एसबिआई बैंक र कृषि विकास बैंक शीर्ष स्थानमा रहे । बजार पूँजीकरणमा कृषि विकास बैंकले गत सातादेखि उत्कृष्ट दशमा पर्न सफल भएको छ ।

यसैगरि नबिल बैंक ७१ ऋर्ब ८५ करोड, नेपाल इन्भेष्टमेन्ट बैंक ६५ अर्ब ४४ करोड, स्टयाण्डर्ड चार्टर्ड बैंक ५३ अर्ब २७ करोड, एभरेष्ट बैंक ५२ अर्ब ९७ करोड, नेपाल लाईफ इन्स्योरेन्स कम्पनी ४९ अर्ब १९ करोड, हिमालयन बैंक ४७ अर्ब ३७ करोड, एनआईसी एशिया बैंक ४० अर्ब ८१ करोड, नेपाल एसबिआई बैंक ३९ अर्ब ४५ करोड र दशौं ठूलो बजार पूँजीकरण रहेको कृषि विकास बैंकको ३७ अर्ब ५ करोड बराबरको पूँजीकरण रहेको छ ।

प्रकाशित मिति: २२ असार २०७६, आइतबार  ०६ : ३८ बजे