सम्पदा लघुवित्तले लाभांश नदिने


काठमाडौं । सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश नदिने भएको छ । कम्पनीले गत आर्थिक वर्ष २०८०/८१ को मूनाफाबाट सेयरधनीहरुलाई कुनै पनि लाभांश नदिने निर्णय गरेको हो ।
फागुन ११ गते बसेको सञ्चालक समितिले सेयर नदिने निर्णय गरेको हो ।

यस्तै, बैठकले वासलात, आर्थिक वर्ष २०८०/८१ को नाफा–नोक्सान हिसाब, नगद प्रवाहलगायत वित्तीय विवरण अन्तिम स्वीकृतिका निम्ति नेपाल राष्ट्र बैंकसमक्ष पेस गर्ने निर्णय पनि गरेको छ ।

प्रकाशित मिति: १२ फाल्गुन २०८१, सोमबार  १६ : १९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।