बैंक तथा वित्तीय संस्थाहरूमा अधिक तरलता व्यवस्थापनका लागि पनि अवधि हेरेर निर्णय गर्न थालेका छन् । बजारमा कर्जाको मागमा केही सुधार आएसँगै बैंक तथा वित्तीय संस्थाले निक्षेप संकलन भन्दा पनि स्थायी निक्षेप सुविधामा लगानी गरेका हुन ।
नेपाल राष्ट्र बैंकले अन्तर बैंकर ब्याजदर ३ प्रतिशत भन्दा तल आएको खण्डमा ब्याजदर धेरै घटबढ हुन नदिन निक्षेप संकलन गर्छ । केन्द्रीय बैंकले निक्षेप संकलनमा बोलकबोल मार्फत ब्याजदर निर्धारण गरी अन्तर बैंक दरलाई व्यवस्थापन गर्ने गर्छ ।
केन्द्रीय बैंकले निक्षेप संकलन ७ देखि २२ दिन सम्मका लागि लिने गरेको छ । तर स्थायी तरलता सुविधा ३ दिनका मात्र दिने गरेको छ । बैंक तथा वित्तीय संस्थाले घट्दो ब्याजदरका कारण कर्जाको माग बढ्न सक्ने सम्भावना देखेसँगै धेरै भन्दा धेरै छोटो अवधिमा लगानी गरी तरलता व्यवस्थापन गरेका हुन ।
पछिल्लो समयमा केन्द्रिय बैंकले फागुन महिना सुरु भएपछि ३ पटक निक्षेप संकलन आह्वान गरेको छ । तर तीन पटक नै केन्द्रीय बैंकले मागेजति निक्षेप पाउन सकेको छ । बैंक तथा वित्तीय संस्थाले निक्षेप संकलनमा भन्दा पनि छोटो अवधिको स्थायी निक्षेप सुविधामा लगानी बढाएको देखिन्छ । फागुन महिना लागेपछि बैंक तथा वित्तीय संस्थाले स्थाी निक्षेप सुविधा मार्फत ६० अर्ब भन्दा धेरै केन्द्रीय बैंकमा निक्षेप राखेका छन् ।
फागुन महिना सुरु भएपछि बैंक तथा वित्तीय संस्थाले १ गते ७७ अर्ब १५ करोड, ४ गते ७३ अर्ब १५ करोड, ७ गते ७९ अर्ब ८० करोड, ८ गते ६२ अर्ब ६५ करोड र ११ गते ७० अर्ब ९० करोड रुपैयाँ बराबरको स्थायी निक्षेप सुविधा प्रयोग गरेका छन् । बैंक तथा वित्तीय संस्थाले स्थायी निक्षेप सुविधा मार्फत केन्द्रीय बैंकमा पैसा राख्दा ३ प्रतिशत ब्याज पाउछन । तर बैंक तथा वित्तीय संस्थाले स्थायी निक्षेप मार्फत पाउने ब्याजदर बोलकबोल मार्फत निर्धारण हुने भएकाले त्यो भन्दा कम हुन पनि सक्छ ।
घट्दो ब्याजदरका कारण कर्जाको माग बढ्न थालेको तथा निक्षेप संकलनमा बोलकबोल मार्फत ब्याजदर निर्धारण हुन भएकाले पनि बैंक तथा वित्तीय संस्थाले स्थायी निक्षेप तर्फ आकर्षित भएका हुन ।
फागुन महिना लागेपछि केन्द्रीय बैंकले वित्तीय प्रणालीको तरलता र ब्याजदरलाई ध्यानमा राख्दै फागुन ४ गते ४० अर्बको, ६ गते ४० अर्बको र ११ गते ३० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन आह्वान गरेको थियो । ती सबै निक्षेप संकलनमा बैंक तथा वित्तीय संस्थाले माग गरे अनुसार आवेदन नै नदिएपछि केन्द्रीय बैंकले माग गरेभन्दा थोरै आवेदन परेको छ । ती सबै निक्षेप संकलनमा बैंक तथा वित्तीय संस्थाले ३ प्रतिशत भन्दा धेरै ब्याजदर माग गरेपछि माग गरे निक्षेप नलिएको हो ।
केन्द्रीय बैंकले आइतबार मात्रै ३० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन आह्वान गरेको थियो । त्यसमा बैंक तथा वित्तीय संस्थाले ३ प्रतिशत भन्दा धेरै ब्याजदर माग गरेपछि १६ अर्ब २० करोड रुपैयाँ बराबरको मात्र निक्षेप लिएको छ । केन्द्रीय बैंकले ब्याजदर धेरै भएपछि माग गरेअनुसारको निक्षेप नलिएको हो ।












प्रतिक्रिया