बैंक तथा वित्तीय संस्थाले खरिद गरेको कर्जालाई पनि तोकिएका क्षेत्रको कर्जामा गणना गर्न पाउने भएका छन् । केन्द्रीय बैंकले तोकिएका क्षेत्रको कर्जाको सीमा नपुगेका संस्थाले खरिद गरेर पनि पुर्याउन सक्ने व्यवस्था गरेको हो ।
केन्द्रीय बैंक्का अनुसरा बैंक तथा वित्तीय संस्थाहरुले कृषि तथा उर्जा क्षेत्रमा प्रवाहित कर्जालाई अर्को वित्तीय संस्था मार्फत व्यवस्थापन गर्न एक आपसमा खरिद÷बिक्री गर्न सक्नेछन् ।
सुरुवातमा कर्जा प्रवाह गर्ने संस्थाले नै ग्राहकसँगको सम्बन्ध व्यवस्थापन गर्ने गरी गरिएको खरिद÷बिक्रीमा ग्राहकको सहमति आवश्यक पर्ने छैन । कर्जा खरिद बिक्री गर्दा सो कर्जा बराबरको रकम अनिवार्य रुपमा लेनदेन गरी खरिदकर्ता बैंक तथा वित्तीय संस्थाको हिसाबमा अभिलेख गर्नु पर्ने व्यवस्था केन्द्रीय बैंकले गरेको छ । यसरी खरिद गरिएको कर्जा खरिद गर्ने बैंक तथा वित्तीय संस्थाले मात्र तोकिएको क्षेत्रमा प्रवाहित कर्जाको रुपमा गणना गर्न पाउने केन्द्रीय बैंकले जनाएको छ ।












प्रतिक्रिया