इन्फिनिटी लघुवित्तको शेयर सोमबारदेखि नेप्सेमा कारोबार हुने, कति पायो रेन्ज ?

0
Shares

इन्फिनिटी लघुवित्तको शेयर सोमबारदेखि नेप्सेमा कारोबार हुने भएको छ । कम्पनीले आइतबार झण्डै २१ लाख कित्ता शेयर नेप्सेमा सूचिकृत गराएको छ ।

लघुवित्तको सर्बसाधारणमा निष्काशन गरेको ६ लाख ७४ हजार कित्ता साधारण शेयर समेत गरी २० लाख ७४ हजार कित्ता शेयर सूचिकृत भएको हो । शेयर सूचिकरण भएसँगै सोमबारबाट कम्पनीको शेयर दोस्रो बजारबाट खरीद तथा बिक्री गर्न सकिने छ ।

नेप्सेले यो कम्पनीलाई प्रि–ओपनिङ कारोबारका लागि प्रतिकित्ता १०३.८१ रुपैयाँदेखि ३११.४३ सम्मको कारोबार रेन्ज तोकिदिएको छ । कम्पनीले दोस्रो बजारमा कारोबारका लागि आईएलबीएस कारोबार संकेत पाएको छ। सोमबार बजार खुल्नु १५ मिनेटअगाडि प्रि–ओपनिङमा कारोबार भएपछि मात्र यो कम्पनीको नियमित कारोबार हुनेछ ।

लघुवित्तले जेठ १३ देखि १६ गतेसम्म सर्बसाधारणमा जारी पूँजीकोे ३२.५० प्रतिशत आईपिओ निष्काशन गरी जेठ २२ गते बाँडफाँड गरेको थियो ।
आईपिओ बिक्रीपछि लघुवित्तको चुक्ता पूँजी २० करोड ७४ लाख पुगेको छ ।

यो कम्पनीले चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्म २ करोड १९ लाख खूद नाफा आर्जन गरेको थियो । कम्पनीको मुख्य कार्यालय नवलपरासीको गैंडाकोटमा रहेको छ । कम्पनीले हाल विभिन्न जिल्लाका ४३ शाखाबाट वित्तीय सेवा दिइरहेको छ । यो कम्पनीले २०७५ माघ ७ गते दोश्रो वार्षिकोत्सव पूरा गरेको थियो ।