नागरिक स्टक डिलर कम्पनीको खुला प्रतिस्पर्धाबाट पदपूर्ति गरिन लागेको प्रमुख कार्यकारी अधिकृत (सीईओ) छनौटको प्रकृया अन्तिम चरणमा पुगेको छ ।
शंकरकुमार रायमाझिको संयोजकत्वमा गठित सीईओ छनौट उपसमितिले ४ जना आवेदक मध्येबाट महेश्वरलाल श्रेष्ठ र सन्तोषराज नेपालको नाम सिफारिस गर्दै आगमी शनिबार (असोज १७ गते) अन्तरवार्ताको मिति तोकेको छ । उपसमितिले शैक्षिक योग्यता, उमेर र अनुभवको आधारमा चार जनाबाट दुई जनाको नाम सर्टलिस्ट गरेको हो ।
डिलर कम्पनीको सीईओको लागि आवेदन दिएका सन्तोषराज नेपाल, विशाल अग्रवाल, महेश्वर लाल श्रेष्ठ र इन्द्र कट्टेलबाट सर्टलिस्ट गर्दै नेपाल र श्रेष्ठलाई शनिबार ११ बजेपश्चात अन्तरवार्तामा बोलाएको छ । सीईओ छनौट उपसमितिले सर्टलिस्टमा परेका उम्मेदवारहरुको व्यवसाायीक रणनीति, र कार्ययोजनाको प्रस्तुतीकरणको आधारमा अन्तरवार्ताबाट सीईओ छनौट गरेको हो ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया