मल्टीपर्पस फाइनान्सकोे ८६४.४७ प्रतिशत हकप्रद शेयरमा आवेदन खुल्यो

0
Shares

मल्टीपर्पस फाइनान्सले जारप् गरेको ८६४.४७ प्रतिशत हकप्रद शेयरमा आवेदन खुलेको छ । फाइनान्सले एकको अनुपात ८.६५ कित्ता अनुपातमा ३५ लाख ८५ हजार २६४ कित्ता हकप्रद शेयर निष्काशन गरेको छ ।

कम्पनीले जारी गरेको हकप्रद शेयरमा असार १० गते मंगलबारसम्म कायम रहेका शेयरधनीले मात्रै आवेदन गर्न पाउने भएका छन् । हकप्रद निष्काशनका लागि फाइनान्सले असार ११ गते शेयरधनी दर्ता किताब बन्द गरेको थियो ।

फाइनान्सको हकप्रद शेयर बिक्री प्रबन्धकमा सिभिल क्यापिटल रहेको छ ।

हकप्रदमा धितोपत्र बोर्डबाट आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था, मेरोशेयर, सिभिल बैंकको तोकिएका शाखा कार्यालयहरु, फाइनान्सको केन्द्रीय कार्यालय राजविराज सप्तरी तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट सुन्धाराबाट पनि आवेदन गर्न सकिन्छ।

चार करोड १४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको फाइनान्सको हकप्रद बिक्रीपछि चुक्ता पूँजी ४० करोड रुपैयाँ पुग्नेछ ।