सूचीकृत कम्पनीहरुलाई असोज मसान्तभित्र नविकरण शुल्क बुझाउन नेप्सेको आग्रह, शुल्क नतिरे जरिवाना

0
Shares

नेपाल स्टक एक्सचेञ्च (नेप्से) ले नेप्सेमा सूचिकरण भएका कम्पनीहरुलाई यहि असोज मसान्तभित्र नविकरण शुल्क बुझाउन आग्रह गरेको छ । नेप्सेले धितोपत्र कारोबार नियमावली बमोजिम सूचिकरण नविकरण शुल्क आश्विन मसान्तसम्ममा बुझाउन निर्देशन दिएको हो ।

सूचिकृत कम्पनीहरुले बार्षिक सूचिकरण नविकरण शुल्क आश्विन मसान्तसम्ममा बुझाईसक्नु पर्ने व्यवस्था रहेको छ । समयभित्रै नविकरण नगराउने कम्पनीलाई बार्षिक १० प्रतिशतका दरले जरिवाना तिर्नुपर्ने पनि नेप्सेले जनाएको छ ।

धितोपत्र कारोबार नियमावली अनुसार ५० करोड रुपैयाँसम्म चुक्तापूँजी भएका कम्पनीले ५० हजार, ५० करोडमाथि चुक्ता पूँजी भएका कम्पनीले एक लाख रुपैयाँ नविकरण शुल्क बुझाउनुपर्नेछ । यस्तै डिबेन्चर र म्युचुअल फण्डको हकमा ५० करोड रुपैयाँसम्म चुक्तापूँजी हुनेले २५ हजार तथा ५० करोडमाथि चुक्ता पूँजी हुनेले ५० हजार नविकरण शुल्क बुझाउनुपर्नेछ ।

नेप्सेले सुचीकृत कम्पनीहरुलाई ग्लोवल आईएमईको बैंकमा संस्थाको नाउँमा रहेको खातामा नविकरण शुल्क जम्मा गर्न निर्देशन दिएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।