सेन्ट्रल फाइनान्सका सेयरधनीहरुको हात खाली


काठमाडौँ । सेन्ट्रल फाइनान्स लिमिटेडका सेयरधनीहरुको हात खाली हुने भएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई कुनै पनि लाभांश वितरण नगर्ने भएको हो ।

चैत १३ गते बसेको फाइनान्सको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो। यसका साथै बैठकले सोही अनुसारको गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतीका लागि नेपाल राष्ट्र बैंक पठाउने निर्णय पनि गरेको छ।

प्रकाशित मिति: १४ चैत्र २०८१, बिहिबार  १० : ३९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।