नेप्से लगातार तेस्रो दिन घट्यो, हाइड्रोको शेयर बढेपछि आईपीओमा घाटा ब्यहोरेकाले पाए राहत

0
Shares

शेयर बजार सूचक मापक नेप्से लगातार तेस्रो दिन घटेको छ । सोमबार ४.७२ अंकले घटेको नेप्से मंगलबार बढेर ७.२१ र बुधबार ३.१९ गरी कूल १५.१२ अंकले ओरालो लागेको हो ।

नेप्से सूचक घटेपनि पछिल्ला दिनमा आईपीओको आधासम्म मूल्य झरेका १८ कम्पनीको शेयरमध्ये नेशनल हाइड्रोपावर बाहेक सबै कम्पनीको शेयरमूल्य एक सय रुपैयाँ माथि पुगेको छ । नेशनल हाइड्रोपावरको भने ८ रुपैयाँ बढेर ९८ रुपैयाँ पुगेको छ । यससँगै लामो समयदेखि आईपीओ भरेर घाटा खान बाध्य लगानीकर्तालाई मूल्य बढेसँगै राहत सहशुस भएको छ ।

विश्व महामारीका कारण अधिकांश क्षेत्रको ब्यापार व्यवसाय प्रभावित बनिरहेको समयमा हाइड्रोपावर कम्पनीको सस्ता शेयरमा लगानीकर्ता आकर्षित बनेका हुन् । जसले शेयरमूल्य बढ्ने अधिकांश कम्पनी यसै उपसमूहका रहेका छन् ।

बुधबार कारोबार रकम १२ करोड ३८ लाख रुपैयाँले बढेर १ अर्ब ९५ करोड ३६ लाख रुपैयाँ पुगेको छ । मंगलबार १ अर्ब ८२ करोड ९८ लाख रुपैयाँको शेयर कारोबार भएको थियो ।

आज कुल १९० कम्पनी ८० लाख १९ हजार ६६१ कित्ता शेयर ३६ हजार १८१ पटक खरीद बिक्री भएको छ । कारोबारमा आएका चार उपसमूहका सूचक सकारात्मक बनेको बजारमा ८ वटा उपसमूहको सूचक ऋणात्मक रहेको छ । विकास बैंक र म्युचुअल फण्डको सूचक १ प्रतिशत धेरैले बढेको छ भने वित्त र जलविद्युतको सूचक पनि आज बढेका छन् । आज ब्यापार उपसमूहको सूचक १ प्रतिशत धेरैले घटेको छ ।

बजार खुलेदेखि नै ओरालो गति समातेको नेप्से बजार १ बजेसम्ममा १ हजार ५४२ दशमलव ९० अंकसम्म झरेकोमा त्यसपछि पुनः गति समातेको थियो । दिउँसो २ः२२ बजे १५५४.२८ अंकसम्म पुगेको बजार पुन केही करेक्शन आएर १ हजार ५५० दशमलव ४३ अंकमा बन्द भएको छ ।

जलविद्युत कम्पनीको शेयरको माग बढ्यो

बुधबार नेप्से सूचक घटेपनि अधिकांश कम्पनीको शेयरमूल्य बढेको छ । कामना सेवा विकास बैंकको सबैभन्दा १० प्रतिशतले बढेको बजारमा जोशी हाइड्रोपावर कम्पनीके पनि सर्किट मूल्यमा कारोबार भएको छ ।

यसैगरी घलेम्दी, आँखुखोला, युनियन, पञ्चकन्या माइ हाइड्रोपावर, खानीखोला, दीब्यश्वरी, कर्णाली डेभलपमेन्ट बैंक, र हिमाल दोलखा हाइड्रोपावर कम्पनीको शेयरमूल्य ९ प्रतिशतभन्दा धेरैले बढेर कारोबार भएको छ ।

Symbol LTP Point Change % Change
As of 2020-09-30 15:00:00
KSBBL 187.00 17.00 10.00
JOSHI 121.00 11.00 10.00
GHL 122.00 11.00 9.91
AKJCL 122.00 11.00 9.91
UNHPL 115.00 10.00 9.52
PMHPL 150.00 13.00 9.49
KKHC 116.00 10.00 9.43
DHPL 105.00 9.00 9.38
KRBL 129.00 11.00 9.32
HDHPC 130.00 11.00 9.24

नेपाल फाइनान्सको शेयरमूल्य धेरै घट्यो

आजको बजारमा नेपाल फाइनान्सको शेयरमूल्य सबैभन्दा धेरै ६.८७ प्रतिशतले घटेर २४४ रुपैयाँमा झरेको छ । ङादी ग्रुप पावरको ३.२४ प्रतिशतले शेयरमूल्य घटेको बजारमा पाँचथर पावर, युनाइटेड फाइनान्स, रैराङ हाइड्रोपावर, लक्ष्मी लघुवित्त वित्तीय संस्था, राष्ट्रिय बीमा कम्पनी र नेपाल सेवा लघुवित्तको शेयरमा लगानी गरेका लगानीकर्ताले २ प्रतिशत धेरैले गुमाएका छन् ।

Symbol LTP Point Change % Change
As of 2020-09-30 15:00:00
NFS 244.00 -18.00 -6.87
NGPL 179.00 -6.00 -3.24
PPCL 168.00 -5.00 -2.89
UFL 256.00 -7.00 -2.66
RRHP 169.00 -4.00 -2.31
LLBS 1,098.00 -24.00 -2.14
RBCL 11,122.00 -238.00 -2.10
NSEWA 680.00 -14.00 -2.02
CHL 149.00 -3.00 -1.97
MMFDB 910.00 -18.00 -1.94

नेपाल रि-इन्स्योरेन्सको उच्च कारोबार

आजको बजारमा नेपाल रि इन्स्योरेन्सको सबैभन्दा धेरै ११ करोड २४ लाख ३५ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।

यसैगरी अरुण काबेली पावरको ९ करोड ७८ लाख, नेशनल हाइड्रोपावरको ९ करोड २१ लाख, हिमाल दोलखा हाइड्रोपावरको ८ करोड २९ लाख, अपि पावर कम्पनीको ७ करोड ४८ लाख, अरुण भ्याली हाइड्रोपावरको ६ करोड ६२ लाख, र नेपाल बैंकको ५ करोड २० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

यसैगरी कामना सेवा विकास बैंक, एनएमबि बैंक, र नेपाल लाइफको पनि उच्च कारोबार हुँदै शीर्ष दश कम्पनीभित्र समेटिएका छन् ।

Symbol Turnover Closing Price
As of 2020-09-30 15:00:00
NRIC 112,435,136.00 851.00
AKPL 97,863,270.00 243.00
NHPC 92,161,935.00 98.00
HDHPC 82,975,204.00 130.00
API 74,867,974.00 200.00
AHPC 66,234,832.00 214.00
NBL 52,075,380.00 326.00
KSBBL 48,998,996.00 187.00
NMB 48,126,518.00 415.00
NLIC 46,136,850.00 1,365.00

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।