नेप्से परिसूचक २३ अङ्कले बढ्यो


काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको वृद्धि देखिएको छ । आज नेप्से परिसूचक २३.८६ अङ्कले बढेर दुई हजार ७००.०४ को विन्दुमा कायम भएको हो ।

आज तीन सय १८ कम्पनीको एक करोड चार लाख ४२ हजार ६८३ कित्ता सेयर ५३ हजार ८८४ पटक खरिदबिक्री हुँदा पाँच अर्ब ४४ करोड ४४ लाख ३५ हजार ९०१ रुपैयाँ बराबरको कारोबार भएको छ । आजको कारोबारमा उत्पादन तथा प्रशोधन र निर्जीवन बिमा समूहको उपसूचक घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ ।

सबैभन्दा बढी व्यापार समूह ९.४४ र वित्त समूह ३.१२ प्रतिशतले बढेको छ । सेन्ट्रल फाइनान्स कम्पनी लिमिटेडको सेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ भने बोटलर्स नेपाल (बालाजु) लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

प्रकाशित मिति: २० चैत २०८१, बुधबार  १७ : ३६ बजे