सुनको भाउँमा एकै दिन ३९०० रुपैयाँले गिरावट, चाँदी १२५ रुपैयाँले घट्यो


काठमाडौं । नेपाली बजारमा सुन चाँदीको मूल्यमा कमी आएको छ । बिहीबारको तुलनामा शुक्रबार प्रतितोला सुनमा ३ हजार ९०० रुपैयाँले कमी आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाला सुन प्रतितोला १ लाख ७६ हजार ४०० रुपैयाँ कायम भएको छ । बिहीबार प्रतितोला सुन १ लाख ८० हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, शुक्रबार चाँदी पनि तोलामा १२५ रुपैयाँले  घटेर १ हजार ८७० रुपैयाँ कायम भएको छ । बिहीबार एक तोला चाँदी १ हजार ९९५ रुपैयाँमा कारोबार भएको थियो ।

नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ ।

शुक्रबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ३ हजार १०१.३२ अमेरिकी डलर र चाँदी ३१.५२ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: २२ चैत्र २०८१, शुक्रबार  १० : ५१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।