नेप्सेमा ३५ अंकको वृद्धिपछि सामान्य करेक्शन, जलविद्युत र विकास बैंक लगानीकर्ताको रोजाइमा

0
Shares

शेयर बजार सूचक मापक नेप्से पछिल्लो दुई कारोबार दिनमा ३५ अंकले बढेपछि सोमबार साढे ३ अंकको सामान्य करेक्शन आएको छ । अल्पकालीन लगानीकर्ताले छोटो समयमा आएको नाफा सुरक्षित गर्दा बजारमा सामान्य करेक्शन आएको हो । नेप्से गत बिहीबार २०.६१ अंक र आइतबार १४.७१ अंकले बढेको थियो।

बैंकिङ्ग प्रणालीमा रहेको अधिक तरलताका कारण बैंक ब्याजदर न्यूनतम हुँदा शेयर बजारमा कोभिड असरका बीच पनि वृद्धि टिक्दै आएको छ । धेरै बढेर सामान्य करेक्शन हुने अवस्थाले पनि त्यसको स्पष्ट संकेत गर्दछ ।

हाल बैंकहरुले साधारण बचतको ब्याजदर ३ प्रतिशतभन्दा कममा झारेका छन्। जसले गर्दा बैकमा बचत राख्नुभन्दा सूचीकृत कम्पनीबाट प्राप्त हुने लाभांशदर उच्च हुँदा शेयर बजारमा लगानी आइरहेको छ । त्यसको अलवा शेयर बजारमा गरिने लगानीबाट पूँजीगत लाभ हासिल हुने अवसर पनि रहन्छ । सोही कारण शेयर बजारमा लगानी बढिरहेको हो ।

सोमबार १९३ कम्पनीका ९५ लाख १८ हजार ७६५ कित्ता शयर ३९ हजार ५८७ पटक खरीद बिक्री हुँदा कारोबार रकम २ अर्ब ५७ करोड ८६ लाख ७ हजार नाघेको छ । आइतबार ३ अर्ब १७ करोड ८८ लाख रुपैयाँको शेयर कारोबार भएकोमा ६० करोड बढीले कारोबार रकम घटेको हो । शेयर बजार अझै बढ्ने आशामा घट्दो मूल्यमा शेयर बिक्रीकर्ताले शेयर बिक्री गर्न नखोज्दा सोमबार कारोबारमा संकुचन आएको हो ।

आज नेप्से ३.६३ अंकले घटेर १ हजार ५८२.१२ बिन्दुमा झरेको छ। ५० करोड रुपैयाँभन्दा धेरै चुक्ता पूँजी रहेका ठूला कम्पनीको सूचक मापक सेन्सेटिभ इन्डेक्स भने ०.११ अंकले बढेर ३१२.४६ बिन्दुमा बन्द भएको छ । सोमबार शेयर बजारमा सूचीकृत सबै कम्पनीहरुको कूल बजार पूँजीकरण २१ खर्ब ८ अर्ब रुपैयाँ रहेको छ ।

जलविद्युत कम्पनी र विकास बैंकको शेयरमा आकर्षण

सोमबारको कारोबारमा जलविद्युत उपसमूहमा सूचीकृत अधिकांश कम्पनीहरुको शेयरमूल्य बढेको छ । कारोबारमा आएका १२ उपसमूहका परिसूचकमध्ये जलविद्युतको इन्डेक्स सबैभन्दा धेरै २.१४ प्रतिशतले बढेको छ भने शीर्ष शेयरमूल्य बढ्ने दश कम्पनीमा सात वटा यसै समूहका कम्पनीहरु अटाएका छन् ।

३० प्रतिशत स्वपूँजी तथा ७० प्रतिशत ऋणपूँजीबाट निमार्ण हुने आयोजनाहरुले लिएको बैंक ब्याजदर घट्दा यस्ता आयोजनाको खर्च घट्ने र कोभिडको असर जलविद्युत आयोजना तथा निमार्ण सम्पन्न भैसकेका आयोजनामा अत्यात्तै न्यून मात्रामा पर्ने हुँदा पनि अंकित मूल्यभन्दा तल झरेका र अण्डभ्यालुड शेयरमा लगानीकर्ताहरुको लगानी बढ्दा विस्तारै सस्ता शेयरमूल्य भएका कम्पनीको शेयरको मूल्य उकालो लागिरहेको हो ।

जलविद्युतलाई पच्छाउँदै विकास बैंकको इन्डेक्स पनि १.२४ प्रतिशतले उकालो लागेको छ । केही विकास बैंकहरुलाई वाणिज्य बैंकले प्राप्ती गर्ने अपुष्ट सूचना फैलाएर चलखेल गर्ने समूहका कारण पनि विकास बैंकको शेयरमूल्य बढिरहेका छन् ।

यस्तै आज म्युचुअल ०.८१, होटल ०.२४ र अन्य ०.१२ प्रतिशतले बढेको छ । उता उत्पादन तथा प्रशोधनमा सूचीकृत कम्पनीहरुको शेयरमूल्य घट्दा इन्डेक्स १.६७ प्रतिशतले घटेको छ । निर्जीबन बीमाको सूचक पनि १.४३ प्रतिशतले घटेको छ । जीबन बीमा ०.८४, ब्यापार ०.६७, वित्त ०.५५, लघुवित्त ०.४२ र बैंकिङ्ग ०.३१ प्रतिशतले घटेको छ ।

तीन कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट

आज तीन कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । सोमबारको बजारमा कामना सेवा विकास बैंक, रैराङ हाइड्रोपावर, नेपाल फाइनान्सको शेयरमूल्य करिब १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको हो ।

रिडी हाइड्रोपावर, हिमाल दोलखा हाइड्रोपावर, लुम्बिनी विकास बैंक, युनियन हाइड्रोपावर, अपि पावर, अरुण काबेली, दीब्यश्वरी हाइड्रोपावरको शेयरमूल्य बढेको हो । दशौं ठूलो शेयरमूल्य बढेको दीब्यश्वरी हाइड्रोपावरको ५.७७ प्रतिशतले मूल्य बढेको हो ।

Symbol LTP Point Change % Change
As of 2020-10-05 15:00:00
RRHP 187.00 17.00 10.00
KSBBL 220.00 20.00 10.00
NFS 260.00 22.00 9.24
RHPC 154.00 11.00 7.69
HDHPC 127.00 9.00 7.63
LBBL 223.00 14.00 6.70
UNHPL 117.00 7.00 6.36
API 201.00 12.00 6.35
AKPL 249.00 14.00 5.96
DHPL 110.00 6.00 5.77

प्रोगेशिभ फाइनान्सको शेयरमूल्य उच्च घट्यो

आजको बजारमा प्रोगेशिभ फाइनान्सको शेयरमूल्य सबैभन्दा धेरै ७.१९ प्रतिशतले घटेको छ ।

उन्नति सहकार्य लघुवित्तको ४ प्रतिशतले घट्दा एभरेष्ट बैंकको कन्भर्टेबल प्रिफरेन्स शेयर, छ्याङ्दी हाइड्रोपावर, तारागाउँ रिजेन्सी होटल, शिवम् सिमेन्टस्, सर्पोट माइक्रोफाइनान्स वित्तीय संस्था, र राष्ट्रिय बीमा कम्पनीको संस्थापक शेयरको मूल्य ३ प्रतिशत धेरैले घटेको छ ।

गुडविल फाइनान्स र सामुदायिक लघुवित्त पनि शीर्ष गुमाउने दश कम्पनीभित्र समेटिएका छन् ।

Symbol LTP Point Change % Change
As of 2020-10-05 15:00:00
PROFL 129.00 -10.00 -7.19
USLB 1,128.00 -47.00 -4.00
EBLCP 643.00 -26.00 -3.89
CHL 150.00 -6.00 -3.85
TRH 253.00 -10.00 -3.80
SHIVM 801.00 -29.00 -3.49
SMB 826.00 -29.00 -3.39
RBCLPO 10,400.00 -350.00 -3.26
GFCL 180.00 -5.00 -2.70
SLBSL 800.00 -22.00 -2.68

नेपाल रि-इन्स्योरेन्सको उच्च कारोबार

आज नेपाल रि इन्स्योरेन्सको उच्च कारोबार ( २७ करोड ३४ लाख ७३ हजार रुपैयाँ) भएको छ । कम्पनीको शेयरमूल्य ८९१ बाट १७ ले बढेर ९०८ रुपैयाँसम्म पुगेकोमा कारोबारको अन्तिममा ४ रुपैयाँ घटेर ८८७ मा कारोबार बन्द भएको छ । एकै स्क्रिप्टमा १७ रुपैयाँको उतार चढाव भएको छ ।

यसैगरी आजको बजारमा दोस्रो ठूलो कारोबार भएको अरुण काबेली पाबरको २१ करोड ४२ लाख ४१ हजार, नेपाल बैंकको १७ करोड ९७ लाख ५६ हजार, कुमारी बैंकको १७ करोड ७९ लाख ३८ हजार, हिमालयन डिष्टिलरीको १६ करोड १४ लाख ७१ हजार, र अरुण भ्याली हाइड्रोपावरको १७ करोड ७९ लाख ३८ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।

अपि पावर, हिमाल दोलखा हाइड्रोपावर, कामना सेवा विकास बैंक र शिवम् सिमेन्टसको पनि उच्च कारोबार भएको छ ।

Symbol Turnover Closing Price
As of 2020-10-05 15:00:00
NRIC 149,100,463.00 887.00
AKPL 117,363,507.00 249.00
AHPC 107,030,092.00 250.00
KBL 98,901,990.00 222.00
NBL 98,318,624.00 335.00
HDL 90,536,507.00 1,898.00
API 80,307,997.00 201.00
SHIVM 78,529,840.00 801.00
KSBBL 77,987,106.00 220.00
HDHPC 73,690,968.00 127.00

 

कारोबार कित्ताका आधारमा आज सबैभन्दा धेरै हिमाल दोलखा हाइड्रोपावरको ५ लाख ९३ हजार ५५८ कित्ता शेयर कारोबारमा आएको छ । कारोबार संख्याको आधारमा रिलायन्स लाइफ इन्स्योरेन्सको २ हजार ६६१ वटा कारोबार भएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।