अटो वर्कशपहरुलाई गल्फ लुब्रिक्यान्टको सहयोग


कोभिड १९ को असरबाट अटो वर्कपश पनि समस्यामा परेको भन्दै गल्फ लुब्रिक्यान्टले अटो मेकानिक्स व्यवसायी संघलाई सुरक्षा सामग्री सहयोग गरेको छ ।

अटो वर्कशपहरुलाई सुरक्षित बनाई सेवा प्रवाह गराउने उद्धेश्यले ५ लिटरका २०० थान सोडियम हाइड्रोक्लोराइड र २ लिटर क्षमताका स्प्रे पम्प हस्तान्तरण गरिएको गल्फ लुब्रिक्यान्टले जनाएको छ ।

नेपाल ल्युब आयलका डीजीएम दिवाकर मिश्रा र मार्केटिङ्ग एण्ड ब्राण्ड हेड रुपेश वाग्लेले नेपाल अटो मेकानिक्स व्यवसायी संघका अध्यक्ष ठाकुर प्रसाद न्यौपानेलाई उक्त सामग्री हस्तान्तरण गरेका हुन् ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।