मेगा बैंकको लिलामी शेयरको बोलपत्र खोलिँदै

0
Shares

मेगा बैंकको लिलामी शेयरको बोलपत्र खोलिँदै…

 

मेगा बैंकले असोज ११ देखि १८ गतेसम्म लिलामी बिक्रीमा ल्याएको शेयर खरीदका लागि परेको ५ हजार वटा शिलबन्दी बोलपत्र बिहान १० बजेदेखि खुला गरिँदैछ ।

आज (असोज २९ गते बिहीबार) क्यापिटलले कार्यालय साकेत कम्प्लेक्स त्रिपुरेश्वरमा बिहान १० बजेदेखि शिलबन्दी बोलपत्र खोल्न सुरु गरिने क्यापिटलले जनाएको छ ।

कोभिड संक्रमणका कारण मानिसहरुको भीडभाड नहुने वातावरण बनाउनका लागि क्यापिटलले उक्त बोलपत्रको प्रतक्ष्य प्रसारण बोलपत्र निष्काशन कम्पनीको प्रतिनिधि, र नियमन निकायको प्रतिनिधि गरी सीमित व्यक्तिको उपस्थितिमा क्यापिटलको वेवसाइट तथा फेसबुक पेज मार्फत गरिने जनाएको छ ।

बैंकको शेयर बिक्री प्रबन्धक मेगा क्यापिटलका अनुसार साधारण शेयरका लागि करिब ५ हजार वटा आवेदन परेको छ भने संस्थापक शेयर खरीदका लागि ११७ वटा आवेदन परेको छ ।

बैंकले क्यापिटल मार्फत सर्वसाधारण समूहको ७ लाख ७ हजार ३९४ दशमलव ९३ कित्ता र संस्थापक समूहतर्फ ११ लाख ३३ हजार ३४४ दशमलव ७० कित्ता शेयर लिलाम बढाबढमा बिक्रीमा ल्याएको थियो ।

पछिल्लो दिनहरुमा अक्सन मार्केटमा पनि लगानीकर्ताको चासो धेरै बढ्न थालेको छ । प्राथामिक बजारमा एकपछि अर्को सार्वजनिक निष्काशनमा रेकर्ड ब्रेक हुनेगरी आवेदन पर्न थालेपछि त्यसको प्रभाव अक्सन मार्केटमा पनि पर्न गएको हो । जसले एकपछि अर्को लिलामीमा आवेदन गर्नेहरुको संख्या बढ्दो क्रममा रहेको छ ।

यसअघि प्रुडेन्सियल इन्स्योरेन्समा ९३२ वटा, गुराँस लाईफको लिलामीमा १ हजार २७१, शिखर इन्स्योरेन्समा १ हजार ८८५ जनाले लिलामीका लागि शिलबन्दी बोलपत्र पेश गरेका थिए । यस्तै एनएलजी इन्स्योरेन्सको लिलामी शेयर खरीदका लागि १ हजार ५९३ वटा वटा आवेदन परेको थियो।

पछिल्ला बोलपत्रमा एकपछि अर्कोमा आवेदन बढ्दै जाँदा गुराँस लाइफ इन्स्योरेन्सको लिलामी शेयरको कटअफ मूल्य दोस्रो बजारभन्दा १० रुपैयाँभन्दा तल कायम हुँदा मेगा बैंकको लिलामीमा पनि दोस्रो बजारमूल्य हाराहारीमा नै आउने आंकलन गरिएको छ। उच्च आवेदन संख्याका कारण यो लिलामीमा पनि शेयर सकार्ने लगानीकर्ताले धेरै नाफा आर्जन गर्नसक्ने अवस्था भने देखिन्न ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।