सुनको भाउ तोलामा ३ हजार ७०० रुपैयाँले घट्यो


काठमाडौँ । सोमबार नेपाली बजारमा सुनको भाउ घटेको छ । सोमबार सुनको भाउ ३ हजार ७०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला सुन १ लाख ८६ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार सुन प्रतितोला १ लाख ९० हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, सोमबार चाँदीको भाउ १० रुपैयाँले घटेको छ । सोमबार चाँदी प्रतितोला १ हजार ९६० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदी प्रतितोला १ हजार ९७० रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपालमा अन्तर्राष्ट्रिय बजारका आधार सुनको मूल्य निर्धारण गर्ने गरिएको छ ।

सोमबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ३ हजार २७८.१४ अमेरिकी डलर र ३२.८८ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: २९ बैशाख २०८२, सोमबार  १० : ५२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।