नेपाल इन्भेष्टमेण्ट बैंकको काठमाण्डौं र भक्तपुरमा नयाँ शाखा


नेपाल इन्भेस्टमेन्ट बैंकले भक्तपुरको सुकुलढोका र काठमाडौंको मच्छेगाउँ चन्द्रागिरी–९ मा नयाँ एक्सटेन्सन काउन्टर खोलेको छ ।

सुकुलढोका एक्सटेन्सन काउन्टरको बैंकका उपमहाप्रबन्धक विजेन्द्र सुवालले उद्घाटन गरे भने मच्छेगाउँके वडा प्रमुख रामकृष्ण श्रेष्ठ र बैंकको बागमती प्रमुख बरुण श्रेष्ठले संयुक्त रुपमा गरे ।

नवस्थापित काउन्टरले स्थानीय मागलाई पूरा गर्न बैकिङ सेवाहरु प्रदान गर्नेछ र ग्राहकलाई वित्तीय पहुँच तथा वित्तीय साक्षरता विस्तार गर्ने बैंकको उदेश्य रहेको छ ।

बैंकले ८३ शाखा, एक सय २५ एटीएम, १९ एक्सटेन्सन काउन्टर, १० राजस्व संकलन काउन्टर र ५६ शाखाविहीन बैंकिंग काउन्टरबाट ग्राहकलाई सहयोग प्रवाह गर्दै आएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।