बैंक वित्तीय संस्थाको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्ने समय थप


केन्द्रीय बैंकले अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थालाई वित्तीय विवरण सार्वजनिक गर्ने अवधि थप गरिदिएको छ ।

बैंकले सूचना जारी गर्दै बैंक वित्तीय संस्थालाई चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय प्रतिवेदन प्रकाशन गर्ने समय थप गरेको हो ।

वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुको चालु आर्थिक वर्षको पहिलो त्रैमासको अन्तरिम वित्तीय प्रतिवेदन प्रकाशन गर्ने म्याद कात्तिक मसान्तसम्म कायम गरिएको जनाएको हो । यो सुविधा लघुवित्त कम्पनीहरुलाई पनि दिइएको छैन ।

नेपाल फाइनान्सियल सरपोर्टिङ सिष्टम (एनएफआरएपस) अनुसार वित्तीय विवरण रिपोर्टिङ गराउने संस्थाहरुलाई मात्र यस्तो समय थप गरिएको बुझिएको छ ।

बैंक तथा वित्तीय वित्तीय संस्थाले हरेक त्रैमास अन्त्य भएको १५ दिन भित्र अन्तरिम वित्तीय प्रतिवेदन प्रकाशन गर्नु पर्ने व्यवस्था छ । बुधबारको नयाँ व्यवस्थाले बैंक वित्तीय संस्थाले थप १५ दिन समय पाएका छन् ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।