काठमाडौँ । नेपाल धितोपत्र बोर्डले पिपुल्स पावर लिमिटेडलाई हकप्रद सेयर निष्काशन गर्ने अनुमती दिएको छ ।
कम्पनीले हाल कायम चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने अनुमति पाएको हो। यस अनुसार कम्पनीले १ बराबर ०.५० अनुपातमा ३१ करोड ६३ लाख रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ३१ लाख ६३ हजार कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ।
प्रतिक्रिया