दशैंलाई शुभकामना बाँड्दै बन्द भयो शेयर बजार, २ अर्बको कारोबार

0
Shares

नेपालीहरुको ठूलो चाड बडा दशैंलाई हरियो रंगले स्वागत गर्दै साताको अन्तिम कारोबार दिन बिहीबारको बजार बन्द भएको छ । शेयर खरीदको रकम भुक्तानी दशैंपछि गर्दा हुने भएपछि लगानीकर्ताले दशैंका लागि शेयर बजारमा लगानी बढाएका हुन् ।

वित्तीय क्षेत्रमा रहेको अधिक तरलता र बैंकहरुमा सुरु भएको लाभांश सिजनले पनि लगानीकर्ताहरुको शेयर बजारमा लगानीगर्ने मनोबल बढ्दो छ । कोरोना महामारीका बीचमा पनि लाभांश घोषणा गरेका सबै बैंकहरुले लगानीकर्तालाई १० प्रतिशतभन्दा धेरै लाभांश वितरण गरेका छन् । बैंक ब्याजदर घटेर न्यून बिन्दुमा झरेकाले पनि शेयर बजार तल आउने अवस्था छैन । यहि कारणले पनि शेयर बजारमा लगानी भित्रिरहेको छ ।

बिहीबार नेप्से सूचक ८.५४ अंकले बढेर १ हजार ६०६.२५ अंकमा पुगेको छ । १८७ कम्पनीका ६४ लाख ५७ हजार ८३३ कित्ता शेयर ३० हजार ३२८ पटक खरीदबिक्री हुँदा कारोबार रकम १ अर्ब ९९ करोड ४५ लाख ४४ हजार रुपैयाँ पुगेको छ ।
कारोबारमा आएका १२ उपसमूहका सूचकमध्ये ८ वटा उकालो लागेका छन् भने ४ वटा सूचक ऋणात्मक भएका छन् ।

  • कुमारी बैंककेका उच्च कारोबार

बुधबार लाभांश घोषणा गरेको कुमारी बैंकको आज सबैभन्दा धेरै शेयर कारोबार भएको छ । बैंकको ५ लाख ९५ हजार ८७१ कित्ता शेयर १४ करोड १५ लाख ४५ हजार रुपैयाँमा बिनबेच भएको छ । बैंकले बुधबार गत आवको मुनाफाबाट १० प्रतिशत बोनस र ४ प्रतिशत नगद लाभांश घोषणा गरेको थियो ।

कारोबार रकमका आधारमा दोस्रो स्थानमा रहेको एनआईसी एशिया बैंकको पनि करिब १० करोड रुपैयाँको शेयर कारोबार भएको छ । अपि पावर, प्राइम कमर्सियल बैंक, र ग्लोबल आईएमई बैंकको ७ करोडभन्दा माथिको शेयर कारोबार भएको छ ।

Symbol Turnover Closing Price
As of 2020-10-22 15:00:00
KBL 141,545,237.00 237.00
NICA 98,569,835.00 605.00
API 88,271,155.00 224.00
PCBL 79,763,585.00 303.00
NBL 78,094,788.00 338.00
GBIME 75,588,615.00 288.00
NMB 49,100,170.00 421.00
GIC 48,055,634.00 589.00
EBL 47,946,910.00 718.00
CIT 44,963,492.00 3,695.00
  • जनरल इन्स्योरेन्सको शेयरमूल्यमा सातौं दिन सर्किट, नेपाल फाइनान्स पनि पच्छाउँदै

जनरल इन्स्यनेरेन्सको शेयरमूल्यमा आज सातौं दिन पनि सकारात्मक सर्किट लागेको छ । भर्खरै कारोबारमा आएको कम्पनीको शेयरमूल्यमा कारोबार खुलेयता २८४ रुपैयाँको वृद्धि भैसकेको छ ।  बिहीबार मात्रै कम्पनीको शेयरमूल्य ५३ रुपैयाँले बढेको हो ।

अघिल्ला दिनहरुको तुलनामा बुधबार र बिहीबार कम्पनीको शेयरमा धेरै कारोबार बिक्री चाप देखिएको छ । बुधबार ४५ हजार कित्ता कारोबारमा आएकोमा बिहीबार भने कम्पनीको ८१ हजार ६२६ कित्ता शेयर ४ करोड ८० लाख ५५ हजार रुपैयाँमा किनबेच भएको छ ।

यसैगरी आजको बजारमा १२५ प्रतिशत हकप्रदमा शेयरमुल्य समायोजन भएको नेपाल फाइनान्सको शेयरमूल्यमा पनि सकारात्मक सर्किट लागेर प्रतिकित्ता शेयरमूल्य २०८ रुपैयाँ पुगेको छ ।

यसैगरी अपि पावर, सेञ्चुरी कमर्सियल बैंक, प्राइम कमर्सियल बैंक, सेन्ट्रल फाइनान्स, प्रोगेशिभ फाइनान्स, विजय लघुवित्त, गुहेश्वरी मर्चेन्ट, र बेष्ट फाइनान्स शीर्ष शेयरमूल्य बढ्ने दश कम्पनीको सूचीमा छन् ।

Symbol LTP Point Change % Change
As of 2020-10-22 15:00:00
GIC 589.00 53.00 9.89
NFS 208.00 18.67 9.86
API 224.00 9.00 4.19
CCBL 195.00 7.00 3.72
PCBL 303.00 9.00 3.06
CFCL 169.00 5.00 3.05
PROFL 137.00 4.00 3.01
VLBS 947.00 27.00 2.93
GMFIL 182.00 5.00 2.82
BFC 146.00 4.00 2.82
  • माउन्टेड हाइड्रो र रैराङका लगानीकर्ताले गुमाए

आजको बजारमा माउन्टेड र रैराङ हाइड्रोपावरको शेयरमा लगानी गरेका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । दुबै कम्पनीको शेयरमूल्यमा ३ प्रतिशत धेरै गिरावट आएको छ ।

धेरै शेयरमूल्य घट्ने दश कम्पनीको सूचीमा नेपाल हाइड्रो डेभलोपर कम्पनी, पञ्चकन्या माई, सप्तकोशी डेभलपमेन्ट बैंक, राधी विद्युत कम्पनी, गुराँस लाइफ इन्स्योरेन्स, कालिका पावर, युनिभर्सल पावर र हिमाल दोलखा हाइड्रोपावर रहेका छन् ।

Symbol LTP Point Change % Change
As of 2020-10-22 15:00:00
MHNL 187.00 -7.00 -3.61
RRHP 194.00 -6.00 -3.00
NHDL 249.00 -7.00 -2.73
PMHPL 144.00 -4.00 -2.70
SAPDBL 160.00 -4.00 -2.44
RADHI 282.00 -7.00 -2.42
GLICL 614.00 -14.00 -2.23
KPCL 178.00 -4.00 -2.20
UPCL 135.00 -3.00 -2.17
HDHPC 137.00 -3.00 -2.14

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।