गुराँस लाइफको हकप्रद शेयर बिक्री गर्न बोनस कुर्नुपर्ने, बुकक्लोज अघि हकप्रद सूचीकरण हुनेमा अन्योलता


सूचीकृत कम्पनीहरुले गरेको निर्णय कार्यान्वायनमा तदारुकता नदेखाउँदा त्यसको असर शेयर लगानीकर्तामा परेको छ । सूचीकृत कम्पनीहरुले हकप्रद शेयर सूचीकरणमा ढिलाई गर्दा शेयरधनीले पछिल्लो आर्थिक वर्षको लाभांस अनिवार्य रुपमा लिनु पर्ने अवस्था आएको हो ।

अघिल्लो आर्थिक वर्षमा धेरै सूचीकृत कम्पनीले पूँजी वृद्धिका लागि हकप्रद जारी गरेका थिए । हकप्रद जारी गरेका केही बीमा कम्पनी तथा माइक्रोफाइनान्स कम्पनीले हकप्रद शेयर सूचीकरणमा ढिलाई गरेपछि शेयरधनीले चाहेको समयमा सम्पत्ती बिक्री गर्न बाट बञ्चित भएका थिए । दोस्रो बजारको अवस्था अनुसार खरिद बिक्रीको निर्णय गर्न नपाउँदा लगानीकर्ताको सम्पत्ती बन्धक हुने गरेको छ ।

ती कम्पनीहरुले हकप्रद शेयर सूचीकरण नगरी साधारणसभाका लागि बुक क्लोजको मिति सार्वजनिक गरेपछि शेयरनीलाइ झनै मर्का पर्ने गरेको छ । ती कम्पनीका शेयरधनीले आफ्नो सम्पत्ती बिक्री गर्नका लागि पनि साधारणसभावाट पारित भएरको लाभासं पर्खनु पर्ने अवस्था आउने गरेको थियो ।

अहिले गुराँस लाइफ इन्स्योरेन्सको हकमा पनि यस्तै अवस्था आउने सम्भावना बढेर गएको छ । इन्स्योरेन्सले आर्थिक वर्ष २०७३/७४ मा पारित गरेको शतप्रतिशत हकप्रद शेयर आर्थिक वर्ष २०७६/७७ को अन्त्यतिर मात्र निष्काशन गर्यो । धेरै जसो बीमा कम्पनीहरुको साधारण सभा तथा अन्य बार्षिक क्रियाकलापहरु एक वर्ष ढिला गरेर गरिरहेका छन् । तर, गुराँस लाइफको हकमा भने यस्ता कामहरु २ आर्थिक वर्षको अन्तरमा कार्यान्वयन हुँदै आएको छ ।

इन्स्योरेन्सले कायम रहेका शेयरधनीलाइ आह्वान गरेको हकप्रद शेयर पुर्ण बिक्री नभएपछि लिलामी प्रकृयाबाट समेत बिक्री ग¥यो । तर, आर्थिक वर्ष २०७३/७४ को हकप्रद शेयर सूचीकरणको प्रकृया नै अघि नबढाई कम्पनीले आर्थिक वर्ष २०७४/७५ को वार्षिक साधारण सभा आह्वान गर्दै बुक क्लोज यस अघि नै तोकिसकेको छ । एउटा आर्थिक वर्षको कामलाई पूर्णता नदिई अर्को आर्थिक वर्षको साधारण सभा तोक्दा हकप्रदमा लगानी गरेका शेयरधनीले कम्पनीले प्रस्ताव गरेको लाभांश अनिवार्य बुझ्नु पर्ने अवस्था आएको छ ।

यस सम्बन्धमा इन्स्योरेन्सको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलले हकप्रद शेयर सूचीकरण नगराई साधारण सभाको बुक क्लोज गर्दा आफुहरुलाई लगानीकर्ताको तथ्यांक समायोजन गर्न समस्या हुने जनाएको छ । यही अवस्थालाई ध्यानमा राखेर शेयर सूचीकरणको कामलाई तिब्र पारिएको र बुक क्लोजका दिनसम्ममा सूचीकरण गराई सक्ने क्यापिटलका अधिकारीको भनाई छ ।

लगानीकर्ताले सूचीकरण भएको शेयर बुक क्लोज अघि कारोबार गर्न पाउछन् वा पाउँदैनन भन्नेमा यकिन हसन नसक्ने क्यापिटलका अधिकारीको भनाई छ ।

गुराँस लाइफको लिलामी शेयर खातामा नआउँदै ‘कटअफ’ भन्दा तल झर्यो मूल्य

उता गुराँस लाइफ इन्स्योरेन्सका सूचना अधिकारी बोधलाल पुरीले हकप्रद सूचीकरणमा भएको ढिलाईले कम्पनीका लगानीकर्तालाई असहज हुने स्वीकार गरे । उनले कोभिड संक्रमणका कारण उत्पन्न परिस्थितीले सबै प्रकृयाहरु ढिला हुँदासमस्या भएको बताउँदै बुक क्लोज अघि नै शेयर सूचीकरण गराई सक्ने बताए ।

इन्स्योरेन्सले आर्थिक वर्ष २०७२ ७३ को आठौं वार्षिक साधारण सभाबाट पारित गराएको ५० प्रतिशत हकप्रद २०७६ जेठमा निष्काशन गरेको थियो । त्यस अघि नै २०७५ को चैतमा कम्पनीले नवौं वार्षिक साधारण सभा गर्दै लगानीकर्तालाई ८ प्रतिशत बोनस शेयर बितरण गरेको थियो ।

आगामी मंसिर ४ गते बोलाइएको आर्थिक वर्ष २०७४/७५ को दशौं वार्षिक साधारण सभाले शतप्रतिशत हकप्रद बिक्री पछि कायम शेयरधनीलाई ५.२५ प्रतिशत बोनस शेयर बितरण गर्ने प्रस्ताव पारित गर्दैछ । साधारण सभा प्रयोजनका लागि कम्पनीले कात्तिक २० गते अर्थात आगामी बिहीबार शेयरधनी दर्ता पुस्तिका बन्द गर्दैछ । आगामी बुधबारसम्ममा शेयर किन्नेहरुले मात्र कम्पनीको प्रस्तावित लाभांस पाउने छन् ।

गुराँस लाइफले आह्वान गर्यो साधारण सभा, ५.२५% बोनस शेयर वितरण गर्ने

शतप्रतिशत हकप्रद आवेदन गरेका तथा हकप्रदमा बिक्री नभएको शेयर लिलामीबाट किनेका सबै लगानीकर्ताले भने बुक क्लोज अघि उक्त शेयर कारोबार गर्न नसक्ने भएकाले अनिवार्य रुपमा प्रस्तावित लाभांश बुझ्नु पर्ने हुन्छ । कम्पनीले बोनस शेयरमा लाग्ने कर वापत नगद लाभांश समेत वितरण गर्नेछ ।

इन्स्योरेन्सले आर्थिक वर्ष २०७४/७५ सम्मको सञ्चित मुनाफाबाट शेयरधनीलाई शतप्रतिशत हकप्रद जारी हुनु पहिलेको पूँजीका आधारमा १३.१०१५ प्रतिशत बोनस शेयर मात्र बितरण गर्ने र बोनसमा लाग्ने कर शेयरधनीले व्यहोर्नु पर्ने प्रस्ताव गरेको थियो । तर बीमा समितिको निर्देशनमा कम्पनीले प्रस्ताव गरेको लाभांश परिमार्जन गरी घटाएको थियो ।

गुराँस लाइफ इन्स्योरेन्सको लाभांश संशोधन

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।