काठमाडौँ । सेयर बजारमा सामान्य गिरावट आएको छ । सोमबार सेयर बजार ५.२१ अंकले घटेर २६७४.७६ अंकमा पुगेको हो ।
बजार स्थिरप्राय अवस्थामा रहँदा लगानीकर्तामा उत्साह घटेको छ । जसका कारण बजारसँगै कारोबार रकम पनि घटेको छ । सोमबार कारोबारमा आएका ३३७ कम्पनीको १ करोड ७१ लाख ६० हजार ६२५ कित्ता सेयर ६९ हजार ६५१ पटक किनबेच हुँदा ७ अर्ब ५८ करोड ५० लाख २२ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आइतबार कारोबार रकम ७ अर्ब ६० करोड ९५ लाख ४२ हजार रुपैयाँ कामय भएको थियो ।
सोमबार सबैभन्दा बढी उत्पादन तथा प्रशोधन समूह ४९.९६ अंकले बढेको छ । व्यापार समूह ३६.३९ अंकले र बैंकिङ्ग समूह ४.४९ अंकले बढ्दा हरु सबै समूह राताम्मे भएका छन ।
सोमबार ओम मगाश्री फर्मास्युटिकल्सको सेयर मूल्य १० प्रतिशतले बढेको छ । १०.३५ प्रतिशत कृषि बिकास बैंकको डेभेन्चर ४.९८ प्रतिशत, १० प्रतिशत एनआईएमबी डेभेन्चर ३.९७ प्रतिशत, बोट्लर्स नेपाल ३.८८ प्रतिशत र उन्नती सहकार्य लघुवित्तको सेयर मूल्य ३.५९ प्रतिशतले बढेको छ ।
यता, गूँरास लघुवित्तको र बाराही हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले घटेको छ । १० प्रतिशत एनआइसी डेभेन्चर ५.५२ प्रतिशत, अभियान लघुवित्त ३.९२ प्रतिशत र नदीप लघुवित्तको सेयर मूल्य ३.६५ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा ६४ करोड ३१ लख ५० हजार रुपैयाँ बराबरको कारोबार सहित राधी विद्युत अग्रस्थानमा छ । कारोबारमा आएका सेयर तथा इकाइ संख्या र कारोबार संख्याका आधारमा न्यादीग्रुप पावर १४ लाख ८९ हजार ३०२ सेयर २ हजार ९२९ पटकको कारोबार सहित अग्रस्थानमा छ ।
योसँगै सोमबार कुल बजार पूँजीकरण ४४ खर्ब ५० अर्ब ७९ करोड ३० लाख ८१ हजार रुपैयाँ कायम भएको छ ।












प्रतिक्रिया