नेपाल बैंकको पहिलो ३ महिनामा ३ करोडले घट्यो खुद नाफा

0
Shares

नेपाल बैंक (NBL) को नाफा कोरोना महामारीका कारण गत आवको पहिलो तीन महिनाको तुलनामा चालु आवको तीन महिनामा ३ करोड रुपैयाँले घटेको छ ।

बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ५५ करोड ४ लाख १९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको अपरिष्कृत वित्तीय विवरण शनिबार सार्वजनिक गरेको छ । गत आवको यहि अवधिमा बैंकले ५८ करोड १८ लाख २३ हजार रुपैयाँ खुद नाफा गरेको थियो ।

कोरोना महामारीका कारण नेपाल राष्ट्र बैंकले कर्जाको वर्गिकरण गरी कर्जाको सावाँ तथा ब्याज तिर्ने समय बढाइ दिएपछि बैंकको कर्जा असुली प्रभावित भई खुद नाफा घट्न पुगेको हो । बैंकको पहिलो तीन महिनामा वितरणयोग्य खुद नाफा १९ करोड ६४ लाख ६४ हजार रुपैयाँ रहेको छ ।

बैंकको चुक्ता पूँजी ११ अर्ब २८ करोड २८ लाख २० हजार रुपैयाँ कायम हुँदा प्रतिशेयर आम्दानी १९.५१ रुपैयाँ रहेको छ । बैंकको सञ्चित कोषको आकार १२ अर्ब ९८ करोड ५४ लाखबाट ७१ करोड १२ लाखले बढेर १३ अर्ब ६९ करोड ६६ लाख रुपैयाँ पुगेको छ । बैंकको प्रतिशेयर नेटवर्थ २७३.४९ रुपैयाँ छ ।

Particulars Nepal Bank Limited   ( Rs in ‘000)
Q1, 2077/2078 Q1, 2076/2077 Difference
Paid-up Capital 11,282,820.20 11,282,820.20 0.00%
Retained Earnings 4,089,498.34 4,125,071.77 -0.86%
Reserves 13,696,645.71 12,985,435.81 5.48%
Profit/(Loss) for the Year 550,419.39 581,823.65 -5.40%
EPS (Rs.) 19.51 23.72 -17.75%
Net worth per share (Rs.) 273.49 299.81 -8.78%
Deposit from Customers 145,469,372.75 142,114,284.98 2.36%
Loans & Advances to Customers 107,045,614.73 104,588,242.82 2.35%
Net Interest Income 1,481,592.59 1,328,262.34 11.54%
Fee and Commission Income 181,907.63 160,233.91 13.53%
Impairment Charge/(Reversal) 155,985.29 109,965.69 41.85%
Operating Profit 778,923.81 610,461.61 27.60%
Distributable Profit/(Loss) after P/L appropriation and Regulatory Adjustments 196,464.01 65,665.44 199.19%
Capital Adequacy Ratio (CAR) (%) 17.03 18.01 -5.44%
Non-Performing Loan (NPL) 3.02 2.75 9.82%
CCD (as per NRB Directive) 66.54 68.63 -3.05%
Cost of Fund (%) 3.97 5.22 -23.95%
Base Rate (%) 6.81 7.84 -13.14%
Qtr End PE Ratio (Rs.) 16.6 14.54 14.17%

 

समीक्षा अवधिमा बैंकले १ खर्ब ४५ अर्ब ४६ करोड ९३ लाख रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ७ अर्ब ४ करोड ५६ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । गत आवको प्रथम त्रैमासको तुलनामा बैंकको निक्षेप र कर्जा ३ अर्ब रुपैयाँले बढेको छ ।

गत आवको पहिलो त्रैमासको तुलनामा बैंकको खुदब्याज आम्दानी १६ करोड रुपैयाँ बढेर १ अर्ब ४८ करोड १५ लाख रुपैयाँ पुगेको छ । यद्यपी बैंकको बैंकको निष्क्रिय कर्जा अनुपात २.७५ प्रतिशतबाट बढेर ३.०६ प्रतिशत पुग्दा सम्भावित कर्जा नोक्सानी व्यवस्थापन कोष बढ्दा बैंकको नाफा प्रभावित बनेको छ ।

पहिलो त्रैमासमा बैंकको कर्जा निक्षेप अनुपात ६६.५४ प्रतिशत, निक्षेप लागत ३.९७ प्रतिशत, आधारदर ६.८१ प्रतिशत र स्प्रेडदर ४.३८ प्रतिशत रहेको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।