नेप्से घटेपनि कारोबार उत्साहजनक, ६ कम्पनीको शेयरमूल्यमा सर्किट ब्रेक

0
Shares

यस साताको पहिलो दिन आइतबार नेप्से सामान्य अंकले घटेर बन्द भएपनि शेयर कारोबार रकम भने उत्साहजनक देखिएको छ । घट्दो बजारमा पनि ६ कम्पनीके शेयरमूल्य बढेर सकारात्मक सर्किट लागेको छ भने कारोबार रकम ३ अर्ब नजिक पुगेको छ ।

आज नेप्से सूचक ०.२९ प्रतिशत अर्थात ४.७२ अंकले घटेर १ हजार ६४० दशमलव ९५ अंकमा बन्द भएको छ । यस्तै सेन्सेटिभ परिसूचक १.४१ अंकले घटेर ३२६ दशमलव ६३ अंकमा बन्द भएको छ ।

कूल १९६ वटा कम्पनीको १ करोड ६ लाख २६ हजार ५ १४ कित्ता शेयर ३७ हजार ५९४ पटक खरीद बिक्री हुँदा कारोबार रकम २ अर्ब ९३ करोड ९ लाख ३९ हजार नाघेको छ । आज कारोबार भएका कूल १२ उपसमूहमध्ये आज ७ वटा घटेका छन् भने ५ वटा बढेका छन् ।

ब्यापारमा सबैभन्दा धेरै २.२० प्रतिशतको तेजी आउँदा जलविद्युत्त र लघुवित्तको परिसूचक पनि १ प्रतिशत धेरैले बढेको छ। निर्जीबन बीमा र अन्यको सूचक सामान्य सकारात्मक भएको छ । उता बैंकिङ्ग इन्डेक्स सबैभन्दा धेरै १.०९ प्रतिशतले घट्दा होटल, विकास बैंक, वित्त, उत्पादन, जीबन बीमा र म्युचुअल फण्डको सूचक पनि ऋणात्मक रहे ।

यसअघि बढेको बजारमा अल्पकालीन कारोबारीहरुले नाफा बुकिङ्ग गर्न थालेपछि आइतबार फेरि सूचक सामान्य दबाबमा परेको हो। सूचकले केही दबाबको सामना गरे पनि खरीद बिक्री भएको रकममा भने उत्साहप्रद नै छ।

कारोबार रकममा तेजी देखिएकाले बजारले फेरि गति लिने अपेक्षा लगानीकर्तामा छ । बढेको बजारमा सामान्य अंकको करेक्शन आउनु स्वभाविक हो। बजार तलमाथि गर्दै अघि बढ्ने हो। समग्रतामा नेप्सेको गति कतातिर जान्छ भन्ने प्रमुख पक्ष हो। कोरोनाको अवधिमा पनि बजार क्रमशः विस्तार हुँदै आएको छ।

लगानीका अन्य क्षेत्रहरु संकुचित हुँदा सर्वसाधारण लगानीकर्ता शेयर बजारतिरै आकर्षित हुने गरेका छन्। अहिले बैंकिङ प्रणालीमा प्रचुर लगानीयोग्य रकम (तरलता) रहेको छ । बढ्दो तरलताले बचतको ब्याजदर सस्तो भएको छ। ब्याज घटेकाले शेयर बजारमा आम लगानीकर्ताको थप आकर्षण बढिरहेको छ।

शेयर बजारमा लगानीकर्ताको मनोविज्ञानले पनि महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको हुन्छ। आम लगानीकर्ता बजार सुधार हुन्छ भन्नेमा आश्वस्त रहेकाले बजार धेरै तल झर्ने अवस्था छैन। यद्यपी लगानीकर्ताले कम्पनीहरुको समग्र वित्तीय अवस्था अध्ययन गर्नुपर्छ। विशेषगरी सूचीकृत कम्पनीहरुले पहिलो त्रैमासको वित्तीय विवरण प्रकाशन गर्न थालिसकेकाले नाफा, रिजर्भ, वितरणयोग्य नाफा, प्रतिशेयर आम्दानी, मूल्य आम्दानी अनुपात लगायतलाई सूचकहरुमा ख्याल गर्दै राम्रो संस्थागत सुशासन भएका, निरन्तर लाभांश दिएका, प्रतिशेयर आम्दानीमा ठूलो गिरावट नभएका कम्पनीको शेयर छनोट गरेर मात्र लगानी गर्न आवश्यक हुन्छ ।

  • ६ कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट

आइतबार ६ कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । हिमालय उर्जा विकास कम्पनी, नेपाल फाइनान्स कम्पनी, बिशाल बजार कम्पनी, शिवश्री हाइड्रोपावर र एचआईडिसिएलको शेयरमूल्य १० प्रतिशत नजिक बढेर सर्किट ब्रेक हो ।

आजको बजारमा रैराङ हाइड्रोपावर, अपि पावर, नाडेप लघुवित्त, र बरुण हाइड्रोपावर शीर्ष कमाउने दश कम्पनीभित्र समेटिएका छन् ।

Symbol LTP Point Change % Change
As of 2020-11-01 15:00:00
BBC 1,936.00 176.00 10.00
HURJA 198.00 18.00 10.00
NFS 275.00 25.00 10.00
SSHL 145.00 13.00 9.85
HIDCL 225.00 20.00 9.76
NLBBL 825.00 72.00 9.56
RRHP 212.00 12.00 6.00
API 240.00 13.00 5.73
NADEP 710.00 31.00 4.57
BARUN 198.00 8.00 4.21
  • सानिमा इक्वीटी फण्डको इकाईधनीले धेरै गुमाए

आइतबारको बजारमा सानिमा इक्वीटी फण्डको इकाईधनीले धेरै गुमाएका छन् । फण्डको इकामा लगानी गरेकाले आज ५.३० प्रतिशतले गुमाएका हुन् ।

यस्तै गत आवको नाफाबाट थोरै लाभांश प्रस्ताव गरेर लगानीकर्तालाई निराश पारेपछि शेयरधनीले सस्ते मूल्यमा नै स्ट्याण्डर्ड चार्टडको शेयर बिक्री गरेका छन्। बैंकको शेयरमूल्य पनि ३.९५ प्रतिशतले घटेको छ ।

आजको बजारमा जनरल इन्स्योरेन्स, कर्णाली डेभलपमेन्ट बैंक, सनराइज बैंक, सेन्ट्रल फाइनान्स, नेपाल हाइड्रो डेभलोपर, गोर्खाज फाइनान्स, नेपाल बंगलादेश बैंक र नेपाल एसबिआई बैंकको शेयरमूल्यमा पनि आज गिरावट आएको छ । सबै कम्पनीके शेयरमूल्य २ प्रतिशत धेरैले घटेको छ ।

Symbol LTP Point Change % Change
As of 2020-11-01 15:00:00
SAEF 10.00 -0.56 -5.30
SCB 656.00 -27.00 -3.95
GIC 542.00 -21.00 -3.73
KRBL 142.00 -5.00 -3.40
SRBL 260.00 -9.00 -3.35
CFCL 167.00 -5.00 -2.91
NHDL 251.00 -7.00 -2.71
GUFL 152.00 -4.00 -2.56
NBB 230.00 -6.00 -2.54
SBI 435.00 -11.00 -2.47
  • शिवश्री हाइड्रोपावरको उच्च कारोबार

आज शिवश्री हाइड्रोपावरको सबैभन्दा धेरै २३ करोड २७ लाख ७२ हजार रुपैयाँ बराबरको शेयर खरीद बिक्री भएको छ ।

यसैगरी अपि पावरको १६ करोड ८७ लाख, प्राइम कमर्सियल बैंकको १५ करोड ६८ लाख, एचआईडिसिएलको १२ करोड २४ लाख, एनआईसी एशिया बैंकको १० करोड ७७ लाख, र सानिमा बैंकको पनि १० करोड बढीको शेयर कारोबार भएको छ ।

नेपाल बैंक, ग्लोबल आईएमई बैंक, प्रभु बैंक र शिखर इन्स्योरेन्स पनि शीर्ष कारोबार हुने दश कम्पनीमा समेटिएका छन् ।

Symbol Turnover Closing Price
As of 2020-11-01 15:00:00
SSHL 232,772,925.00 145.00
API 168,760,496.00 240.00
PCBL 156,886,694.00 342.00
HIDCL 122,449,938.00 225.00
NICA 107,746,680.00 622.00
SANIMA 100,063,362.00 352.00
NBL 90,396,394.00 340.00
GBIME 90,325,089.00 297.00
PRVU 84,754,852.00 265.00
SICL 74,180,030.00 1,393.0

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।