एनआईसी एशिया लघुवित्तसँग मर्जरमा रहेको स्वदेशी लघुवित्तका प्रमुख कार्यकारीद्धारा राजिनामा


एनआईसी एशिया लघुवित्तसँग मर्जर प्रकृयामा रहेको स्वदेशी लघुवित्तका प्रमुख कार्यकारी अधिकृत गोविन्द चापागाँईले राजिनामा दिएका छन् ।

लघुवित्त सञ्चालक समितिको बैठकले चापागाँईको राजिनामा आगामी मंसिर १ गतेदेखि लागू हुने गरी स्वीकृत गर्ने निर्णय समेत गरेको छ । चापागाँई लघुवित्तको कम्पनी सचिव समेत थिए ।

साथै लघुवित्तका कायम मुकायम नायब प्रबन्धक राजन मगरलाई मंसिर १ गतेदेखि नै लागू हुने गरी कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिने निर्णय सञ्चालक समितिले गरेको छ । उनलाई मंसिर १७ गतेदेखि लागू हुने गरी कम्पनी सचिवको जिम्मेवारी समेत दिइएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।