गुराँस लाइफको हकप्रद सूचीकरणसँगै शेयरमूल्यमा गिरावट, लिलामी भर्ने घाटामा


गुराँस लाइफ इन्स्योरेन्सले शतप्रतिशत हकप्रद सूचीकरण गराएसँगै दोस्रो बजारमा कम्पनीको शेयर मूलयमा गिरावट आएको छ ।

सोमबारसम्म कारोबार भईरहेको शेयरसख्या दोब्बर भएसँगै शेयरको बिक्री चाप आए पछि मूल्य घटेको हो ।

सोमबार इन्स्योरेन्सको प्रतिकित्ता शेयरमूल्य ६१७ रुपैंयामा अन्तिम पटक किनबेच भएकोमा मंगलबार ६०६ रुपैंयामा झरेर कारोबार बन्द भएको छ । ६०० रुपैंयासम्ममा झरेको शेयरमूलय सुधार सहित कारोबार बन्द भएको हो ।

इन्स्योरेन्सको शेयर मूल्य घट्दै गर्दा उल्लेख्य संख्यामा शेयर कारोबार भएको छ । मंगलबार इन्स्योरेन्सको ७७ हजार ५३० कित्ता शेयरहरु ५२२ पटक किनबेच हुँदा ४ करोड ७० लाख ५८ हजार १३७ रुपैंयामा किनबेच भएका छन् ।

इन्स्योरेन्सले सोमबार मात्र शतप्रतिशत हकप्रद शेयर अर्थात ९३ लाख ८५ हजार २०० कित्ता शेयर नेप्सेमा सूचीकृत गराएको थियो । 

गुराँस लाइफको शतप्रतिशत हकप्रद शेयर नेप्सेमा सूचीकृत, मंगलबारदेखि कारोबार हुने

इन्स्योरेन्सको शेयर सूचीकरण भए पछि दोस्रो बजारमा शेयर मूल्य घटेपछि लिलामीबाट शेयर सकारेका लगानीकर्ताहरु नोक्सानीको अवस्था पुगेका छन् । लघुवित्तले ललामीमा राखेको शेयरको कटअफ मूल्य ६०६ रुपैंया कायम भएको थियो ।

गुराँस लाइफको लिलामी शेयर खातामा नआउँदै ‘कटअफ’ भन्दा तल झर्यो मूल्य

इन्स्योरेन्सले आर्थिक वर्ष २०७४ ७५ को दशौं वार्षिक साधारण सभा प्रयोजनका लागि कात्तिक २० गते शेयरधनी दर्ता पुस्तिका बन्द गर्दैछ । इन्स्योरेन्सले शतप्रतिशत हकप्रदले सोत पाउने गरी ५.२५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि नगद लाभांस बितरण गर्ने प्रस्ताव पारित गर्दैछ ।

गुराँस लाइफले आह्वान गर्यो साधारण सभा, ५.२५% बोनस शेयर वितरण गर्ने

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।