एभरेष्ट बैंकको लाभांश घोषणा

0
Shares

एभरेष्ट बैंक (EBL) ले गत आर्थिक वर्ष २०७६।७७ बाट शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।

बैंक सञ्चालक समितिको कात्तिक १९ गते सम्पन्न ३२२ औँ बैठकले बैंकको सञ्चितनाफाबाट शेयरधनीहरुलाई १०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । प्रस्तावित १०.५३ प्रतिशत लाभांशमध्ये ५ प्रतिशत बोनस शेयर र बोनस शेयरमा लाग्ने कर सहित ५.५३ प्रतिशत नगद लाभांश रहेको छ ।

प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र शेयरधनीले पाउनेछन् ।

हाल बैंकको चुक्ता पूँजी ८ अर्ब ४७ करोड २ लाख ६ हजार ८३६ रुपैयाँ रहेको छ। बोस पूँजीकरणपछि बैंकको चुक्ता पूँजी ८ अर्ब ८९ करोड ३७ लाख १७ हजार १७८ रुपैयाँ पुग्नेछ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।