आठ वाणिज्य बैंकको लाभांश घोषणा, ७ को शेयर किन्दा अझै लाभांश पाइने

0
Shares

नेपालमा सञ्चालित २६ वाणिज्य बैंकहरुमध्ये आठ वाणिज्य बैंकले गत आर्थिक वर्षको नाफाबाट लाभांश वितरण गर्ने प्रस्ताव गरेका छन् ।

हालसम्म लाभांश घोषणा गरेका आठ बैंकध्ये एनआईसी एशिया बैंकले सबैभन्दा धेरै २० प्रतिशत लाभांश शेयरधनीलाई वितरण गर्ने भएको छ भने माछापुच्छ्रे बैंकले सबैभन्दा कम १०.४० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

हालसम्म लाभांश घोषणा गरेका बैंकमध्ये माछापुच्छ्रे बैंक बाहेक अन्य ७ वाणिज्य बैंकको शेयर खरीद गर्ने लगनीकर्ताले अझैपनि गत आर्थिक वर्षको नाफाबाट प्रस्ताव गरेको लाभांश पाउनेछन् ।

माछापुच्छ्रे बैंकले भने साधारण सभाका लागि असोज २२ गते नै बुकक्लोज गरिसकेको छ । बैंकले कार्तिक ६ गते आह्वान गरेको २२ औं वार्षिक साधारण सभा कोरोना संक्रमण बढेपछि स्थगति गर्दै २.८५ प्रतिशत नगद लाभांश अन्तिरिम लाभांशको रुपमा वितरण गरिसकेको छ । बैंकले स्थगित साधारण सभा अझै बोलाइसकेको छैन ।

यसैगरी बैंक अफ काठमाण्डूले पनि कार्तिक २८ गते शुक्रबार बुकक्लोज मिति तोकेको छ । यसअनुसार कार्तिक २७ गते बिहीबारसम्म नेप्सेमा कारोबार भई कायम रहेका शेयरधनीले मात्र लाभांश पाउनेछन् । बैंक अफ काठमाण्डूले मंसिर १५ गते साधारण सभा बोलाएको छ ।

यसैगरी अन्य ६ वाणिज्य बैंकहरुले भने लाभांश वितरणका लागि बुकक्लोज गरिसकेका छैनन् ।

हेर्नुहोस् कुन बैंकले कति गरे लाभांश घोषणाः

S.N. Symbol Company Name Bonus Dividend (%) Cash Dividend (%) Total Dividend (%) Bookclose
1 NICA NIC Asia Bank 19.00 1.00 20.00  
2 BOKL Bank of Kathmandu Limited 13.00 3.00 16.00 Friday,Kartik 28
3 GBIME Global IME Bank Limited 14.00 2.00 16.00  
4 KBL Kumari Bank Limited 10.00 4.00 14.00  
5 SCB Standard Chartered Bank Nepal Limited 7.00 4.84 11.84  
6 CZBIL Citizens Bank International Limited 7.70 3.30 11.00  
7 EBL Everest Bank Limited 5.00 5.53 10.53  
8 MBL Machhapuchchhre Bank Limited 7.30 3.37 10.40 Thusday,Ashoj 22

*प्रस्तुत समाचारमा सानिमा बैंकले प्रस्ताव गरेको १० प्रतिशत बोनस शेयर र ३.६० प्रतिशत नगद लाभांश छुट्न गएकाले सच्चाइएको छ । यससँगै कूल लाभांश प्रस्ताव गर्ने बैंकको संख्या ९ पुगेको छ । कार्तिक २८ गते आह्वान गरेको १६ औं वार्षिक साधारण सभाका लागि सानिमा बैंकको कार्तिक १७ गते नै बुकक्लोज गरिसकेको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।